राजनीति
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकले चुनावी गठबन्धन नगर्ने प्रस्ताव पारित गरेको छ । यही फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा सुरु भएको महासमिति बैठकले चुनावी गठबन्धन नगर्ने महामन्त्री गगन थापाको प्रस्ताव पारित गरेको हो ।
थापाले प्रस्तावमा भनेका छन्, “हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौँ र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौँ ।”
थापाको उक्त प्रस्ताव महासमितिको बैठकले पारित गरेको हो । यसँगै उपसभापति पूर्णबहादुर खड्को नीति प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव पनि पारित भएका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८० १७:२०
प्रतिक्रिया दिनुहोस्