site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
त्रिभुवन विश्विद्यालयको उपकुलपतिमा केशरजंग बराल नियुक्त

काठमाडौं । त्रिभुवन विश्विद्यालय (त्रिवि)को उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल 'प्रचण्ड'ले बिहीवार डा. बराललाई उपकुलपति नियुक्त गरेका हुन् ।

उपकुलपति सिफारिस समितिले सिफारिस गरेका तीनजनामध्येबाट प्रधानमन्त्रीले बराललाई नियुक्त गरेका हुन् ।

Dabur Nepal
NIC Asia

त्रिविमा पहिलोपटक खुला प्रतिस्पर्धामार्फत उपकुलपति चयन गरिएको हो । शिक्षामन्त्री अशोककुमार राईको अध्यक्षतामा गठित तीन सदस्यीय सिफारिस समितिले फागुन ६ गते तीन जनाको नाम सिफारिस गरेको थियो ।

उपकुलपतिका निम्ति परेका ४३ आवेदनमध्येबाट विभिन्न चरणको छनोट प्रक्रियापछि डा. चित्रबहादुर बुढाथोकी, प्रा.डा. केशरजंग बराल र प्रा.डा. टंकनाथ धमला सिफारिस भएका थिए ।

यसअघिका उपकुलपति डा. धर्मकान्त बास्कोटाको चारवर्षे पदावधि कार्तिक १६ देखि सकिएपछि त्रिविमा सो पद रिक्त थियो  । निमित्त उपकुलपतिको जिम्मेवारीमा त्रिविका शिक्षाध्यक्ष डा. शिवलाल भुसाल थिए ।

डा. बराल वित्त तथा अर्थशास्त्र पृष्ठभूमिका प्राध्यापक हुन् । उपप्राध्यापकको रूपमा महेन्द्र मोरङ क्याम्पसबाट अध्यापन सुरु गरेका बराल सन् २००७ दखि २०११ सम्म पोखरा विश्वविद्यालयको उपकुलपति भएका थिए ।

डा. बरालले दिल्ली विश्वविद्यालयबाट क्यापिटल ‘स्ट्रक्चर एन्ड कस्ट अफ क्यापिटल’मा पीएचडी गरेका छन् ।

पाठ्यक्रम विकास केन्द्रका संयोजक, नेपाल खुला विश्वविद्यालय, एसियाली विकास बैंक लगायतका विभिन्न निकायमा उनले महत्त्वपूर्ण जिम्मेवारी पाएका थिए ।  साथै अमेरिकाका सेन्ट क्लाउड विश्वविद्यालय तथा चिनका विश्विद्यलयमा भिजिटिङ प्रोफेसरको रूपमा उनले अनुभव बटुलेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro