site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माधव नेपाललक्षित ओलीको टिप्पणी– पार्टी फुटाउने तत्त्वसँग एकता हुँदैन
तस्बिर : केपी ओलीको सचिवालय ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)सँग पार्टी एकता नहुने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विभिन्न राजनीति दल परित्याग गरी आएका नेता–कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै उनले यस्तो बताएका हुन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै दुईतिहाइको पार्टी फोडेको, दक्षिणपन्थी सरकार बनाएकामा पश्चात्ताप नगर्नेहरूलाई एमालेमा प्रवेश नगराउने उनले बताए । अहिले पार्टी प्रवेशको लहर तीव्र गतिमा बढिरहेको उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“कुनै हिसाबले कुनै समयमा गल्ती भयो भने त्यसमा महसुस गरेर अघि बढ्ने हो । कतिपय तत्त्वहरूसँग हाम्रो एकता हुँदैन र उनीहरूले प्रवेश पाउँदैनन्,” अध्यक्ष ओलीले भने, “किनभने, उनीहरूलाई दुईतिहाइको पार्टी फोडेकोमा, पार्टी कमजोर बनाएकोमा, दुईतिहाइको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा कुनै पश्चात्ताप छैन । गल्ती भयो भन्नेसम्म पनि छैन । त्यस्ता मानिसलाई पार्टीमा प्रवेश हुँदैन ।”

पार्टी प्रवेश गर्नेहरूमा प्रदेशसभाका पूर्वसदस्य तथा आम जनता पार्टीका उपमहासचिव कुन्दन कुशवाह, आम जनता पार्टीका केन्द्रीय सदस्य अरविन्दकुमार यादव, केन्द्रीय सदस्य सञ्जयकुमार साह, सरफलाल महतो, दीपककुमार दुबे, सुरेन्द्रप्रसाद चौधरीलगायत नेताहरू छन् । न्युज एजेन्सी नेपाल

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १४:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement