site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मेयर बालेनलाई प्रश्न– बालुवाटार त जानुभयो, छाया सेन्टर र बालमन्दिर कहिले जानुहुन्छ ? 

काठमाडौं । सांसद डा. अमरेकुमार सिंहले अदालतको फैसलाबाट फिर्ता भएको बालुवाटारको जग्गा खाली गराउन लागिपरेको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई ‘छाया सेन्टर, बालमन्दिर र बाँसबारीको जग्गा फिर्ता गर्न कहिले जानुुहुन्छ ?’ भनी प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले कार्यकारीको हिम्मतबाट नभई अदालतबाटै ललितानिवासको जग्गा फिर्ता भएको उल्लेख गरे । मेयर बालेनले पनि ती जग्गामा ध्यान नदिएको उनले आरोप लगाए ।

Argakhachi Cement Island Ad

“छाया सेन्टरको जग्गा कहिले फिर्ता हुन्छ ? बाँसबारी छालाजुत्ता उद्योगको जग्गा कहिले फिर्ता हुन्छ ? बालमन्दिरको जग्गा कहिले फिर्ता हुन्छ ?,” प्रश्न गर्दै सिंहले भने, “बालुवाटारको जग्गा कार्यकारीको हिम्मतले फिर्ता भएको होइन, सम्मानित अदालतको फैसलाबाट फिर्ता भएको हो ।”

उनले स्वतन्त्र उमेदवार भएर निर्वाचित काठमाडौंका मेयरले पनि व्यक्तिले कब्जा गरेका सरकारी जग्गा फिर्ता गराउने हिम्मत नदेखाएको टिप्पणी गरे । “म काठमाडौंका मेयरलाई प्रश्न गर्न चाहन्छु– अदालतले फिर्ता गरिदिएको बालुवाटारको जग्गा खाली गर्न त जानुभयो, छाया सेन्टर र बाँसबारी छालाजुत्ता उद्योगको जग्गा र बालमन्दिरको जग्गा फिर्ता गर्न कहिले जानुहुन्छ ?”

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्