site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसद खतिवडाले गरे श्रेष्ठ र मगरको ज्यान बचाउन सरकारको ध्यानाकर्षण 
फाइल तस्बिर ।

काठमडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ओखलढुंगाको चिशंखुगढीका भुवन श्रेष्ठ र धादिङका पहलमान मगरलाई बचाउन सरकारको ध्यानाकर्षण गराएका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद खतिवडाले नवलपरासी घर भई यूएईमा बस्दै आएका बाबुराम आलेलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएपछि जेल परेको र ५० लाख ब्लडमनी नतिरे यसै महिना मृत्युदण्ड हुने फैसला भएको बताए । उनीहरूलाई घर फर्काउन पहल गर्न सरकारलाई ध्यानाकर्षण गराएका हुन् । 

“ओखलढुंगा चिशंखुगढी–३ बस्ने यमबहादुर श्रेष्ठका छोरा भुवन श्रेष्ठ र धादिङका पहलमान मगर पाँच वर्षदेखि यूएईको दुबईस्थित जेलमा हुनुहुन्छ । नवलपरासीका बाबुराम आलेलाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएपछि उनीहरूलाई जेल हालिएको हो,” खतिवडाले भने, “उहाँहरूलाई ५० लाख ब्लडमनी नतिरे यसै महिना मृत्युदण्ड सजाय हुने भएको छ । उनीहरूको ब्लडमनी मिनाहा गर्ने र घर फर्काउन पहल सरकारले गरोस् ।” 

उनले हमासको अपहरणमा परेका विपीन जोसीको अवस्था सदनलाई जानकारी गराउन पनि सरकारको ध्यानाकर्षण गरे ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १२:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro