site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले प्रतिवेदन– पार्टीमा आर्थिक र यौन आचरणमा बन्धन तोड्ने प्रवृति हुर्कियो

काठमाडौं । नेकपा (एमाले) मा आर्थिक र नैतिक आचरणलाई कसरी स्वच्छ बनाउने भन्ने बहस सुरु भएको छ । आजबाट सुरु भएको केन्द्रीय कमिटीमा शीर्ष नेताले प्रस्तुत गरेको प्रतिवेदनमा आर्थिक आचरण र नैतिक आचरणमा कानुनी र नैतिक बन्धन तोड्न खोज्ने विकृति हुर्कंदै गएको उल्लेख छ ।

“प्रचलित कानुन प्रतिकूल, नैतिक दृष्टिले अनुचित र अपारदर्शी आर्थिक क्रियाकलाप देखापर्न थालेका छन् । आर्थिक आचरण र यौन आचरणमा कानुनी र नैतिक बन्धन तोड्न खोज्ने विकृति हुर्किंदै छन् । यस्तो प्रवृत्तिले नेता, कार्यकर्ता र समग्र पार्टीलाई जनताबाट अलग गर्ने खतरा पैदा भएको,” दस्तावेजमा उल्लेख छ । 

आर्थिक–सामाजिक क्रियाकलाप, यौन आचरण र नैतिक दृष्टिले गल्ती गर्नेहरूलाई सम्बन्धित कमिटीमा छलफलको कार्यसूची र कारबाहीको विषय नबनाउँदा त्यस्तो प्रवृत्ति प्रोत्साहित हुन पुगेको निष्कर्ष प्रस्तुत गरिएको छ । 

केन्द्रीय कमिटी बैठकमा चारवटा कार्ययोजना प्रस्तुत भएका छन् ।

प्रस्तुत गरिएका कार्ययोजना र प्रस्तावहरूमाथि छलफल गर्नका लागि समग्र केन्द्रीय कमिटीको टिमलाई नौवटा समूहमा विभाजन गरिएको छ ।

पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र बाँकी एउटा समूह उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन विभागहरू छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  २०:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro