site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओली र प्रचण्डलाई माधव नेपालको आग्रह– देश विकासको खाका बनाएर अघि बढौँ
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश बनाउने खाका तयार गर्नुपर्ने बताएका छन् । सोमबार समाजवादी इन्जिनियरिङ एसोसिएसन नेपाल, मधेसले जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि देश विकासको खाका बनाउन पटक–पटक आग्रह गरेको बताए । उनले सबै बुद्धिजीवी, अनुभव प्राप्त व्यक्तिहरूसँग बसेर देश निर्माणको खाका तयार गर्नुपर्ने आवश्यकता रहेकामा जोड दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“...मैले हिजो केपी ओलीजीलाई पनि भनेको थिएँ, म प्रधानमन्त्री हुँदा पनि मैले सोचेको थिएँ । प्रचण्डजीलाई पनि पटक–पटक भन्ने गरेको छु,” उनले भने, “हामी बसौँ । अनुभव भएकाहरू बसौँ । अनुभव भएका व्यक्ति, नेता, मन्त्रीहरू । विज्ञहरू सबै बसौँ । यो देश कसरी बनाउने, कसरी अघि बढाउने भन्नेबारेमा छलफल गरौँ । देश विकासको मार्गचित्र बनाऔँ हामी ।”

देशभरका सडकहरू खाल्डाखुल्डीरहित हुनुपर्ने उनले उल्लेख गरे । उनले चुरेमा बस्ती बसिरहेको, अतिक्रमण भइरहेको र सडक निर्माणले चुरे मासिँदै गएकाले सबैले ध्यान दिन जरुरी रहेको बताए ।

Global Ime bank

“मेचीदेखि महाकालीसम्म जुन हाइवे छ, खाल्डाखुल्डीबाट मुक्त हुनुपर्छ । एयरपोर्टमा मानिस झरिसकेपछि टुरिस्ट डेस्टिनेसनमा नपुग्दासम्म कुनै पनि बाटो खाल्डाखुल्डी नहोस् । नभए देशप्रतिको धारणा राम्रो हुँदैन,” उनले भने, “हामीले बनाएको हवाई मैदानमध्ये १५ देखि २० वटामा त प्लेन नै जाँदैन । जब तपाईंले प्रतिफल प्राप्त गर्न सक्नु हुन्न भने लगानी गर्ने प्रतिफल प्राप्त नहुने, किन लगानी गर्नु ?”

उनले थपे, “नेपालमा कतिवटा हवाई मैदान चाहिन्छ ? कहाँ–कहाँ चाहिन्छ ? चुरेमा बस्ती बसिरहेको छ, अतिक्रमण बढिरहेको छ । त्यही ठाउँमा हामीले बाटो बनाइरहेका छौँ । कहाँ के गर्नुपर्छ भन्ने कुराको सामग्रिक दृष्टिकोणको अभाव छ ।”

अध्यक्ष नेपालले सडक तथा हवाईमार्ग निर्माणका नाममा प्राकृतिक सम्पदाको दोहन गर्नु उचित नहुने बताए । गुणस्तरहीन सडक बनाएर राज्यको ढुकुटी दोहन गर्ने ठेकेदारलाई कारबाही गरिनुपर्नेमा समेत उनले जोड दिए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !