site stats
बाह्रखरी :: Baahrakhari
देश
चितवनमा घरको छतबाट लडेर एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । चितवनमा घरको छतबाट लडेर एकजनाको मृत्यु भएको छ । माडी नगरपालिका–३, इनारबरुवाका ६३ वर्षीय रामनाथ महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार बेलुका करिब ७ बजे उनी आफ्नै पक्की घरको एक तलामाथि छतबाट लडेर घाइते भएका थिए । उपचारका क्रममा बघौडा अस्पतालमा उनको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्