site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्काउटको संरचना विधिसम्मत रूपमा लिएको हुँ : सांसद खड्का
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक खड्काले आफूले विधिसम्मत ढंगले नेपाल स्काउटको संरचना भाडामा लिएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले आफूले वि.सं. २०६३ सालमा टेन्डर प्रक्रियामार्फत स्काउटको भवन भाडामा लिएको बताएका हुन् ।

१० वर्षपछि पुनः टेन्डरमार्फत सबै प्रक्रिया पूरा गरेर भाडामा लिएको भए पनि आफ्नो चरित्र हत्या गरिएको उनको भनाइ छ ।

उनले ०७५ सालमा लोकबहादुर भण्डारी प्रमुख भएर आएपछि स्काउटमा विवाद र किचलो सुरु भएको बताए । आफूलाई सत्ताको बलमा उतिखेरै निकाल्न खोजिएको उनले जिकिर गरे ।

आफ्नो कुनै कमजोरी नभएको र अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै उनले कुनै दोष देखिएमा कारबाहीको भागीदार हुने बताए ।

“यो विधिवत् ढंगले २०६३ सालमा टेन्डरमार्फत त्यहाँका भवनहरू भाडामा लिइएको हो । र, १० वर्षपछि पुनः टेन्डरमार्फत त्यस भवनको प्रक्रिया पूरा गरेर भाडामा लिएको हो,” उनले भने ।

उनले आफूले स्काउटलाई अहिलेसम्म भाडाबापत १३ करोड रुपैयाँ बुझाइसकेको पनि बताए । अध्यक्ष भण्डारीले ऐन, नियमविपरीत स्काउटलाई कब्जा गरेको आरोप उनले लगाए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro