site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
गिरिजा प्रसाद कोइराला र मनमोहन अधिकारीले आन्दोलनको सुरुवात गरेको जुट मिल शुक्रबारदेखि पुनः सञ्चालनमा आउने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा सबैभन्दा पहिले ८ दशकअघि स्थापना भएको विराटनगर जुट मिल शुक्रबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

२००४ सालमा नेपाली राजनीतिका शीर्ष व्यक्तित्वहरु गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीले मजदुर आन्दोलनको सुरुवात गरेको उक्त मिल लामो समयसम्म बन्द रहेको थियो । 

सञ्चालक समितिको सक्रियतामा पुनः सञ्चालन हुन लागेको हो । सञ्चालक समितिका अध्यक्ष बसन्त वन, सदस्य मुकुन्द प्रकास नेपाल, प्रवन्ध निर्देशक (डीजी) निलहरी काफ्ले लगायतको सक्रियतामा मिल पुनः सञ्चालन हुने जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कम्पनीका प्रवन्ध निर्देशक काफ्लेले कम्पनी पुनः सञ्चालनको तयारीका लागि हालसम्म १ करोड रुपैयाँ खर्च भइसकेको बताए । “कम्पनीका अधिकांश मेशिनहरु चल्ने स्थितिमा थिएनन् । त्यस्तै कम्पनी भवन, ढोका, झ्याल लगायतका भौतिक पूर्वधारहरुकोमर्मत सम्भारको लागि रकम खर्च भएको छ,” उनले भने “त्यसका लागि काठमाडौं तथा हाल मिलमा कार्यरत विभिन्न इन्जिनियर टीमहरुलाई परिचालन गरेका छौं ।” 

उनकाअनुसार हाल पहिलेकै ६० प्रतिशत मेशिनहरु तथा अधिकांश भौतिक पूर्वधारहरु प्रयोग भएको छ ।

Global Ime bank

विराटनगर महानगरपालिका वडा नं. १६ मा ५६ विघा जमिनमा अवस्थित उक्त मिल सञ्चालन प्रारम्भ भएको महिनादिनभित्र करिब २ करोड रुपैयाँ थप लगानी गरिनेछ ।

हाल  दैनिक, साप्ताहिक, पाक्षिक र मासिक गरी ७२ जना कर्मचरी खटिरहेका छन् ।  प्रबन्ध निर्देशक काफ्लेले कम्पनी सञ्चानल भएसँगै २ सय ८५ संख्यामा कर्मचरी तथा  कामदारले प्रतिदिन रोजगार पाउने बताए ।  ६ देखि साढे ६ सय टन प्रतिदिन जुटका सामग्रीहरु उत्पादन हुनेछ ।

“दैनिक ३ लाख ३० हजार रुपैयाँको कच्चा पदार्थ कम्पनीमा उपभोग हुनेछ,” उनले थपे “त्यस्तै सम्पूर्ण गरी साढे १ करोड मासिक खर्च हुने देखिन्छ ।” मुख्य गरी कम्पनीले जुटको बोरा र जुटको सुत्ली उत्पादन गर्नेछ । स्वदेशमा खपत नहुने भएकोले अधिकांश उत्पादित समग्रीहरु भारतमा निर्यात गरिने उनको भनाई छ ।

सरकारले जुटको महत्व बुझ्न सके हानिकारक प्लाष्टिकको सट्टामा जुटको झोला, प्लास्टिकको सुत्लीको सट्टामा जुटको सुत्ली तथा जुटका पहिरनहरु उपयोग गर्न सकिनेछ ।
उत्पादन भएपछि कम्पनीले आर्जन गरेको नाफा तत्काल शेयरधनीलाई बाँडफाँट नगरी थप लगानी गर्दै कम्पनीको क्षमतावृद्धि गर्ने योजना रहेको जनाइएको छ । 

त्यस्तै सञ्चालनको चार वर्षपछि  १० हजार संख्यामा रोजगारी सृजना गर्ने दाबी गरेको छ । अगामी चार महिनाको अबधिमा मात्रै १२ सय जनालाई प्रत्यक्ष रोजगार प्रदान गर्ने लक्ष्य रहेको प्रवन्ध निर्देशक काफ्लेले बताए । 

जुट मिल वि.सं. १९९३ असार ३० गते स्थापना भएको हो । भारत, कलकत्ताका तत्कालीन उद्योगपति राधाकृष्ण चमरिया र नेपालका श्री ३ जुद्ध शमशेरको योजनाअनुसार मिलको स्थापना गरिएको थियो ।

स्थापनाकालमा सरकारको शेयर १२ प्रतिशत, त्यस्तै चमरिया लगायत राजघरानाबाट कम्पनीमा शेयर हालिएको थियो । सुरुवातमा ६२ लाख ७० हजार ५ सय रुपैयाँको लागतमा उद्योग स्थापना भएर उत्पादन सुरु गरेको बताइएको छ । 

प्रबन्धक निर्देशक काफ्लेका अनुसार उद्योगले सञ्चालनको सुरुवाती अवस्थामा राम्रो उत्पादन गरेको थियो । २००७ सालमा भएको मजदुर आन्दोलनको अबधिमा भने, केहि महिना बन्द भएको थियो । 

त्यसयता २०५२ सालसम्म चल्यो । त्यसपछि भने उद्योगलाई प्रयोगको माध्यम बनाइएको जानकारहरुको भनाइ छ । उक्त अवधिमा विभिन्न प्रयोगहरु भएका थिए । कहिले लिजमा दिने, उद्योगको नाममा बजेट छुट्याउने, तोकिएको अबधिसम्म उद्योग सञ्चलान नहुने अवस्था थियो । 

त्यस्तै पछिल्लो समय उद्योगमा पार्टी निकटका पदाधिकारीहरुको भर्ती केन्द्र बनेको थियो ।  त्यसरी नै दुई दशक अर्थात २०७१ भदौसम्म उद्योगलाई विनाउपलब्धी प्रयोग गरिएको थियो । त्यसपछि अहिलेसम्म कम्पनी बन्द छ । सोही बन्द उद्योगलाई आफ्नै लगानीमा नयाँ ढङ्गले चलाउनका लागि अहिले सञ्चालक समिति लागिपरेको काफ्लेले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०७४  ०९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय