site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
फराकिलो काठमाडौं बनाउने बाटोमा छौँ, खुलामञ्चसहित टुँडिखेल पनि खुला गर्दै छौँ : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूहरू फराकिलो काठमाडौं बनाउने बाटोमा रहेको बताएका छन् । काठमाडौंस्थित खुलामञ्चमा खेलमैदान बनाउन लागिएको दाबीसहितका समाचारको खण्डन गर्दै बालेनले स्पष्टीकरण दिएका हुन् ।

उनले आफूहरूको चाहना खुलामञ्च सधैँ खुला नै हुनुपर्ने रहेको बताएका छन् । "हाम्रो सधैँको चाहना छ कि खुलामञ्च सधैँ खुलै हुनुपर्छ । त्यो कुनै समूह वा कुनै एक कार्यका लागि मात्र नभएर बहुउपयोगी महत्त्वको बनोस् भन्नेमा हामी सचेत छौँ," बालेनले फेसबुकबाट भनेका छन् ।

उनले अगाडि लेखेका छन्, "खुलामञ्च यस्तो ठाउँ बनोस्, जहाँ बिहानै हात फैलाएर मर्निङ वाक गर्न सकियोस्, योग गर्नेहरू निर्धक्क योगासन र ध्यान गर्न सकून्, बच्चाहरू खेल्न पाउन्, दिउँसो भलाकुसारी गर्दै आनन्दको समय बिताउन पाइयोस्, प्रदर्शन, विरोध र रचनात्मक कार्यक्रमहरू त्यही खुलामञ्चमा राख्न पाइओस् ।"

यही योजनालाई सार्थक बनाउन आफूहरूले १० महिनादेखि खुलामञ्चमा थुप्रिएका करिब १० लाख केजी कङ्क्रिट हटाउने काम सकाएको उनको भनाइ छ । बालेनले खुलामञ्चलाई खुलारूपमा सहज बनाउने प्रक्रियाको आफूहरूको अर्को चरणमा पुगेको बताएका छन् ।

उनले आफूहरू रहेसम्म खुलामञ्च सधैँ सबैका लागि खुला हुने आश्वासन दिएका छन् ।

"हामी खुलामञ्च मात्र नभई टुँडिखेल पनि खुला गर्ने प्रक्रियामा गइसकेका छौँ । जुन कुरा मिडिया र अभियन्ताहरूको नजरमा कहिलै परेन । हामी कुनै पनि किसिमले अतिक्रमित धेरै भन्दा धेरै ठाउँ खुला गर्ने प्रक्रियामा गइसकेको छौँ, जुन कुरा मिडिया र अभियन्ताहरूको नजरमा कहिलै परेन वा सकारात्मक मानिएन," बालेनले भनेका छन् ।

उनले अगाडि थपेका छन्, "खुलामञ्चमा बसपार्क बनाउने होइन । सडकमा जतासुकै बाटो काट्ने होइन व्यापार गर्ने हैन । फुटपाथमा व्यापार व्यवसाय गर्ने होइन । खोलामाथि घर बनाउने होइन । खोला किनारमा बस्ती बसाएर पुस्तौँसम्म परिचय नै सुकुम्बासी बनाइराख्ने होइन । सार्वजनिक सम्पतिमा आँखा लाउने होइन ।"

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  २०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro