site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank

नेपाली जनताको जीवनस्तर सर्वेक्षण र मापन गरेर विश्व बैंकको सहयोगमा राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालमा अहिले २०.२७ प्रतिशत जनता निरपेक्ष गरिबीको रेखामुनी रहेको जनाएको छ । 

यसअघि १२ वर्ष पहिले वि.सं. २०६८ सालमा यस्तै प्रकृतिको जीवनस्तर सर्वेक्षण गरिएको थियो, जुनबेला नेपाल संघीयता गइसकेको थिएन । त्यसैले यसपल्ट संघहरू बीचमा कुन कति धनी र कहाँ कति गरिब छन् भनेर तथ्याङ्मा देखिएको छ । 

जीवनस्तर सर्वेक्षणले जनाएअनुसार सबैभन्दा धेरै गरिबी मधेस प्रदेशमा छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा ।  तथ्यांकमा जनाएअनुसार मधेस प्रदेशका २५.०८ प्रतिशत जनता गरिबीको रेखामुनी छन् भने लुम्बिनीमा २२.७६ प्रतिशत गरिब छन् । 

Dabur Nepal
NIC Asia

लुम्बिनी, कोसी र वाग्मतीमा करिब बराबरजस्तो गरिब छन्, जो क्रमशः १४.०२, १३.०८ तथा १२.६८ प्रतिशत छन् ।  धेरैले सोचेभन्दा फरक कर्णालीमा गरिब जनता जनसंख्याको ६.७४ प्रतिशत मात्र छन् र गण्डकीमा ४.८८ प्रतिशत । 

वाग्मती उपभोगमा सबैभन्दा धेरै खर्चने प्रदेश भए पनि गरिबको अनुपात गण्डकीको भन्दा झण्डै तेब्बर हुनु स्वाभाविक देखिँदैन । यसको कारण तथ्यांक कार्यालयले जनतालाई बुझाउनुपर्ने देखिन्छ । 

तथ्यांकमा देखिएअनुसार नेपाली जनताले २०६८ सालमा खानेकुरामा गर्ने खर्चमा फलफूल, तरकारीको सेवन बढाएको देखिन्छ, मासुमा थोरै मात्र खर्चको प्रतिशत बढेको देखिन्छ भने गेडागुडी र अन्नमा १७ प्रतिशत खर्च कम भएको देखिन्छ । 

१२ वर्षमा नेपालीले अन्न र गेडागुडीमा गर्ने खर्च जुन दरले बढेको छ सो सामान्य देखिँदैन । यसको पनि कारण स्पष्ट गराउँदा आर्थिक र सामाजिक नीति निर्माणमा सहयोग पुग्छ ।  यो सर्वेक्षण हेर्दा नेपालले सबैथोकमा निकै प्रगति गरेको देखिन्छ । बिजुलीको पहुँच ७० प्रतिशत जनताबाट ९४ प्रतिशतमा पुगेको देखिएको छ, जुन उत्साहजनक छ । 

त्यस्तै जनतालाई नजिकैको सार्वजनिक अस्पताल जान पहिले करिब १४ किलोमिटर हिँड्नुपर्थ्यो भने अहिले केवल साढे नौ किमिमात्र छ । त्यस्तै कालोपत्रे सडकको सरदर दूरी बाह्र वर्षअघि १४ किमि भएकोमा अहिले केवल ४ किमि देखिएको छ । यो ठूलो प्रगति हो र विगतको दशकमा सडक निर्माणमा भएको विकासका आधारमा यो तथ्यांकमा शंका गर्नुपर्ने अवस्था छैन ।  

तर, अहिलेको अवस्थामा गरिबी घटेको तथ्यमा विश्वास गर्न जनतालाई गाह्रो छ किनभने आजको आर्थिक अवस्थाले सबैलाई निकै त्रसित बनाएको छ ।

व्यापार, व्यवसाय छैन, घर–जग्गाको किनबेच निकै घटेको छ, घरहरू भाडा लाग्न सकेका छैनन्, स्टक बजार घट्न त रोकियो तर बढ्न सकेको छैन, सहकारीहरूमा राखेको सबैजसो बचत डुब्ला कि भन्ने पीर छ र आर्थिक विकटताले ठूलै वाणिज्य बैंकलाईसमेत गाँज्ने हल्लाले बैंकिङ क्षेत्र पनि तनावमा छ ।

हुनत यो सर्वेक्षण अहिले सार्वजनिक गरेको भएता पनि करिब दुई वर्षअघि यसको तथ्यांक संकलन भएको हुनाले हालको अवस्थाको चित्रण नभएको हुनसक्छ । यो कुरा जनतालाई स्पष्ट गराउँदा सरकारप्रति जनताको अविश्वास नबढाउन सहयोग पुग्छ ।

यो सर्वेक्षणले सबैभन्दा गर्व गरेको विषय गरिबी मापनको आधार सीमा ७० प्रतिशत बढाइएको छ भन्ने तथ्य हो ।  आजभन्दा बाह्र वर्षअघि वार्षिक कमाई आजको मूल्यमा रु.४२,८४५ कायम गरिएको थियो भने अहिले त्यसको ७० प्रतिशत बढी रु. ७२,९०८ कायम गरिएको छ । 

तर, अधिकांश विदेशबाट सामान आयात गरेर उपभोग गर्ने देशले अमेरिकी डलरको तुलनामा गरिबी मापनको आधार हेर्नु जरुरी हुन्छ ।  त्यसबेलाको मूल्यमा रु. ४२,८७५ बराबर अमेरिकी डलर ४८७ हुन्छ भने अहिलेको मुल्यमा रु.७२,९०८को अमेरिकी डलर ५४८ हुन्छ । 

त्यस हिसाबले जम्मा ६१ डलरले मात्र आधार सीमा बढाइएको छ, जुन ४८७ डलरको केवल १२.५ प्रतिशत मात्र हुन्छ । यस्ता विषय स्पष्ट गराउँदा जनताले नेपालीको अवस्था के हुन्छ भन्ने प्रष्ट थाहा पाउँछन् । 


 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro