site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’को घोषणा

काठमाडौं । नइ प्रकाशनले २०७९ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान दिने भारत आसामका नव सापकोटालाई समर्पण गर्ने निर्णय गरेको छ । पुरस्कारकासाथ नगद राशि दुई लाख प्रदान गरिने प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी गराएका छन् । 

त्यस्तै, प्रकाशनले सिर्जनाद्वारा नेपाली भाषासाहित्यको श्रीवृद्धिमा योगदान पुर्याउने दार्जिलिङकी स्नेहलता राईलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । यस पुरस्कारकासाथ नगद राशि एक लाख रुपियाँ प्रदान गरिने जनाइएको छ । 

दुवै पुरस्कार नेपाली भाषासाहित्यमार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका नेपाली मूलका विदेशी व्यक्तित्वलाई हरेक वर्ष प्रदान गर्दै आइएको प्रसाईंले जानकारी दिएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १३:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro