site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सोलुखुम्बुमा महिलाको शव फेला
प्रतीकात्मक तस्बिर ।

सोलुखुम्बु । सोलुखुम्बुमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा भेटिएको प्रहरी निरीक्षक अनिल मिश्रले जानकारी दिए ।

“मंगलबार बेलुका महिलाको शव भेटियो भन्ने खबर आएपछि पत्ताले प्रहरीचौकीबाट खटिएको प्रहरी टोली सो स्थानमा पुगेको थियो,” उनले भने, “मृतक महिलाको शरीरमा कपडा छैन । उनको केही दिनअघि मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।”

शव पोस्टमार्टमका निम्ति जिल्ला अस्पताल फाप्लुमा ल्याइएको उनले बताए । घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

केही दिनअघि सोलुदुधकुण्ड नगरपालिका–८, केरुङखोला किनारमा महिलाको कपडा र केही नगद समेत फेलापरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो ।

कपडा कसको भन्नेबारे प्रहरीको अनुसन्धान जारी रहँदा ती महिलाको शव बेवारिसे अवस्थामा भेटिएको हो । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ११:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro