site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वैदेशिक रोजगारीमा जाने घटे, सात महिनामा साढे चार लाखले लिए श्रम स्वीकृति 
फाइल तस्बिर ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो सात महिनामा वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १५.३० प्रतिशतले घटेको छ । 

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो सात महिना (साउनदेखि माघ मसान्तसम्म)मा कुल चार लाख पाँच हजार ५५२ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । 

अघिल्लो आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा वैदेशिक रोजगारीमा जानको लागि चार लाख ७८ हजार ८३० जनाले श्रम स्वीकृति लिएका थिए । वैदेशिक रोजगारीमा जानेलाई विभागले श्रम स्वीकृति दिने गर्छ ।
 
अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो सात महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ७३ हजार २७८ ले घटेको छ । 

Dabur Nepal
NIC Asia

विभागले सार्वजनिक गरेको विवरणअनुसार गत माघ महिनामा ६२ हजार १४७ नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । यो संख्या नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्ने दुवैको हो । 

योसँगै चालु आर्थिक वर्षको पहिलो सात महिनामा वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिनेको संख्या ४ लाख ५ हजार ५५२ पुगेको हो । 

विभागका अनुसार २०८० सालको साउनमा ५५ हजार ५७५, भदैमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ७१ हजार २७६, पुसमा ६५ हजार ८१३ र माघ ६२ हजार १४७ जनाले श्रम स्वीकृति लिएका छन् । 

यस्तै, २०७९ सालको साउनमा ६३ हजार ३९, भदौमा ७६ हजार ४०३, असोजमा ६२ हजार ७०६, कात्तिकमा ७८ हजार ३७०, मंसिरमा ६८ हजार ५६४, पुसमा ६५ हजार ४६४ र माघमा ६४ हजार २८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।

चालु आर्थिक वर्षको पहिलो सात महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि नेपाल भित्रने रेमिट्यान्स भने बढेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो ६ महिना (साउनदेखि पुससम्म) नेपाल भित्रने रेमिट्यान्स २५.३ प्रतिशतले वृद्धि भएको छ । 

२०८० साउनदेखि पुस मसान्तसम्म सात खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स २४.३ प्रतिशतले बढेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro