site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
इल्या भट्टराईलाई ‘पवन आलोक नियात्रा’ पुरस्कार 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नियात्राकार इल्या भट्टराईलाई उनको नियात्राकृति ‘मिसर’का लागि ‘पवन आलोक नियात्रा’ पुरस्कार समर्पण गरिएको छ ।

बुधबार बिहान नियात्रा समाज नेपालद्वारा आयोजित कार्यक्रममा आख्यानकार भागीरथी श्रेष्ठ, प्रतीक ढकाल लगायतले नगद राशि २५ हजारसहित उक्त पुरस्कार प्रदान गरे । पुरस्कारको स्थापना रेखा कँडेलले गरेकी हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा भागीरथी श्रेष्ठले इल्याका नियात्रामा कला पक्ष सुन्दर रहेको चर्चा गरिन् । पुरस्कार छनौट समितिका सदस्य श्रीओम श्रेष्ठ रोदनले भट्टराईको ‘मिसर’ नियात्राको सिद्धान्त र मापदण्डभित्र रहेको उल्लेख गरे । पुरस्कृत व्यक्तित्व भट्टराईले आफूले पाठकको माया पाएको बताइन् । 

कार्यक्रममा समाजका संस्थापक अध्यक्ष चन्द्रप्रसाद भट्टराई र अध्यक्ष प्रतीक ढकालले २०७१ सालको सरस्वती पूजाकै दिन समाजको स्थापना गरेको प्रसंग उठाउँदै संस्थाका कामहरूको चर्चा गरे । यो पुरस्कार यसअघि नियात्राकारहरू दामोदर पुडासैनी ‘किशोर’ र भीष्म उप्रेतीलाई प्रदान गरिसकिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १२:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC