site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साढे पाँच लाखले पाए अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र

काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा पाँच लाख ५० हजार ६० जनालाई अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) उपलब्ध गराएको छ ।

गत साउनदेखि माघसम्मको अवधिमा सात लाख १० हजार ९४४ नेपाली तथा विदेशी नागरिकबाट अनलाइन आवेदन प्राप्त भएका थिए । प्राप्त आवेदनमध्ये एक लाख ४४ हजार २१२ वटा आवेदन रद्द भएका थिए भने १६ हजार ६७२ आवेदन कार्यान्वयनको क्रममा रहेका केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । 

प्रहरी रिपोर्टसम्बन्धी काम नेपाल प्रहरी प्रधान कार्यालय सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम) शाखाको सहयोगमा चालचलन शाखाले गर्दै आएको छ । उक्त शाखा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागअन्तर्गत रहेको छ ।

विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले आवेदन प्राप्त भएको पाँच दिनभित्रमा चारित्रिक प्रमाणपत्र उपलब्ध गराउँदै आएको जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  २२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro