site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कास्कीमा अदालतबाट फैसला भएर फरार रहेका ५८ जना पक्राउ

काठमाडौं । कास्की प्रहरीले एक महिनाको अवधिमा विभिन्न मुद्दामा अदालतबाट फैसला भएका तर फरार रहेका ५८ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

माघ १ गतेदेखि २९ गतेसम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयबाट कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ५८ जनालाई पक्राउ गरिएको हो ।

उनीहरूलाई कुल १२ वर्ष ११ महिना ११ दिन कैद सजाय २३ लाख ४० हजार रुपैयाँ जरिवाना भुक्तानका लागि अदालतमा उपस्थित गराइएको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीले चेक अनादार मुद्दामा ३२ जना, लागुऔषध मुद्दामा सातजना, अभद्र व्यवहार मुद्दामा तीनजना, केही सार्वजनिक अपराध मुद्दामा एकजनालाई पक्राउ गरेको हो । 

यसैगरी, सवारी ज्यान मुद्दामा दुईजना, बिना इजाजत अवैध काठ ओसारपसार तथा जम्मा गरी राखेको मुद्दामा तीनजना, बैंकिङ कसुर मुद्दामा दुईजना, लेनदेन मुद्दामा तीनजना, परीक्षाको मर्यादा भङ्ग मुद्दामा एकजना, पशुपन्छी सम्बन्धी कसुरमा एकजना, चोरी मुद्दाका तीनजना फरार प्रतिवादी पक्राउ परेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  २१:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro