site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कार्यपालिका सदस्यसँग रिसाए बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेश शाहले कर्मचारीलाई कारबाही गरेको विषयमा कार्यपालिका सदस्यहरूले असन्तुष्टि जनाएपछि आक्रोश पोखेका छन् ।

मंगलबारको कार्यपालिका बैठकमा  कार्यपालिका सदस्यले कर्मचारीलाई स्पष्टीकरण सोधिएको विषयमा बालेनलाई प्रश्न गरेका थिए । उनीहरूले मेयरलाई कारबाहीको अधिकार नभएको जिकिर गरेका थिए ।

कार्यपालिका सदस्यले उठाएको विषयमा बालेनले सामाजिक सञ्जालबाट आक्रोश पोखेका हुन् ।

"कर्मचारीबाट के गलत भएको हो भन्ने पनि थाहा छ, कर्मचारी स्वयंले ‘मैले गलत गरेको हो’ भनेर लिखितरूपमा स्वीकारेको पनि थाहा छ, यति हुँदाहुँदै पनि अब के गर्ने भनेर कार्यपालिकाबाट अगाडि बढ्न रोक्नुको अर्थ हो, वडाध्यक्षज्यूहरूको आफ्नो पार्टीको कर्मचारीलाई बचाउने खेल," उनले भनेका छन् ।

"प्रस्ट हुनुहोस्, गलत कृत्यलाई कारबाही गर्दा भ्रष्ट, कमिसनखोर कर्मचारीहरूको मात्रै हो मनोबल खस्किने । स्वच्छ कर्मचारीहरूको मनोबल झन् उँचो हुन्छ । गलत काम गर्ने जो कोहीलाई पनि कारबाही गरिनुपर्छ भन्ने उच्च मनोबलका कर्मचारीहरूको काठमाडौं महानगरमा कमी छैन," उनले लेखेका छन् ।

बालेनले कर्मचारीलाई कारबाही गरिएको विषयमा प्रश्न उठाउने कार्यपालिका सदस्यको नियतमा पनि प्रश्न गरेका छन् ।

"आफ्ना पार्टीका कर्मचारीलाई जे गरे पनि बचाउन जुन हदसम्म पनि जान सक्ने जनप्रतिनिधिहरूले साँच्चै स्थानीय सरकारको मर्म आत्मसाथ गर्न सकेको कसरी मान्ने ? जनप्रतिनिधिको आवरणमा कांग्रेस, एमाले र माओवादीका पार्टी प्रतिनिधि रहेको किन नभन्ने ? यस्तो गलत प्रवृतिले बन्छ त काठमाडौं ?," उनको प्रश्न छ ।

जनप्रतिनिधिहरूले जनताबाट म्यान्डेट लिएर आउने र कर्मचारी संविधान, ऐनकानुनको सीमामा बसेर जनप्रतिनिधिहरूलाई सहयोग गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  २०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro