site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सीजीले भित्र्यायो ५०० किमि रेन्ज दिने 'आयोन वाई' ईभी, यस्तो छ मूल्य र फिचर 

काठमाडौं । चिनियाँ अटो निर्माता जीएसीको 'आयोन वाई' विद्युतीय गाडी (ईभी) नेपालमा सार्वजनिक भएको छ । सीजी मोटर्सले 'आयोन वाई' नेपाल भित्र्याएको हो ।

गाडीमा ६१.५४ किलोवाट क्षमताको लिथियम आयोन ब्याट्री छ । मोटर पावर १०० किलोवाट छ ।

आयोन वाईमा १८३ एमएमको ग्राउन्ड क्लियरन्स रहेको कम्पनीले जनाएको छ । 

Aion-a-1707823569.jpg
कम्पनीका अनुसार २२५ एनएम अधिकतम टर्क रहेको गाडीले ५०० किलोमिटरभन्दा बढी रेन्ज दिने छ ।

सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालको ईभी नीति विश्वव्यापी मापदण्डको बनेको बताए । त्यसैकारण नेपालमा ईभीकी बाजार  तीव्र गतिमा बढेको उनको भनाइ छ । उनले ईभी बिक्री बढी हुने भएकै कारण राइट हान्ड ड्राइभिङ गाडी जीएसीले पहिलोपटक नेपालमा सार्वजनिक गरेको बताए ।

Nirvan-Chau-1707823569.jpg
 

गाडीमा चारवडा ड्राइभिङ मोड उपलब्ध छन् । पार्किङ र अन्य सहजताका लागि गाडीमा ३६० डिग्रीको क्यामेरा रहेको छ ।

गाडीको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

Aion-1-1707823570.jpg
 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro