site stats
बाह्रखरी :: Baahrakhari
देश
विस्फोटक पदार्थसहित दुईजना पक्राउ

काठमाडौं । मोरङमा विस्फोटक पदार्थसहित दुईजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरूमा इलामको माम्सेबुङ गाउँपालिका–१, गजुरमुखी घर भई काठमाडौंको भीमसेनगोला बस्ने ३८ वर्षीय प्रवीण मिश्र र पाँचथरको याङवरक गाउँपालिका–१ का ३० वर्षीय विपीन अधिकारी छन् । उनीहरूलाई विभिन्न विस्फोटक पदार्थसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

Argakhachi Cement Island Ad

उनीहरूको साथबाट विस्फोटक पदार्थमा प्रयोग हुने डेटोनेटर सात थान, १८ फिट तीन इन्च लम्बाइ रहेको डेडकर्ड, सोडा करिब दुई केजी, सहयोग रसिद ठेली दुई थान तथा विभिन्न कागजात, डिजिटल स्ट्याम्प एक थान, मोबाइल चार थान, सीम कार्डहरू लगायतका सामान बरामद भएको छ ।

विराटनगर महानगरपालिका–३ स्थित खाली चौरमा प्रेसर कुकर बम जस्तो वस्तु फेला परेको थियो । उक्त वस्तु राख्न उनीहरूको संलग्नता रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । अनुसन्धानको क्रममा उक्त विस्फोटक वस्तु राख्न उनीहरूको संलग्नता रहेको खुल्न आएको छ । उक्त वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्