site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पत्रकार महासंघका सभापतिहरूको संघर्ष समेटिएको ‘अग्र अनुहार’ विमोचन

काठमाडौं । पत्रकार महासंघ प्रतिष्ठान प्रदेशले प्रकाशित गरेको पुस्तक ‘अग्र अनुहार’ विमोचन भएको छ । प्रतिष्ठान प्रदेशले पत्रकार महासंघका संस्थापक सभापति कृष्णप्रसाद भट्टराईदेखि वर्तमान अध्यक्ष विपुल पोखरेलसम्मलाई समेटेर महासंघको नेतृत्व गरेका २३ जनाको पत्रकारिता र उनीहरूको संघर्षको कथा समेटेर पुस्तकका रूपमा विमोचन गरेको हो ।

पुस्तकमा महासंघको नेतृत्व गरेकाहरूले पत्रकारिता गर्दाको अनुभव, प्रेस स्वतन्त्रताको रक्षाका लागि भएका संंघर्ष, राजनीतिक उतारचढावले पत्रकारिता क्षेत्रमा पारेको प्रभाव समेटिएको छ ।

Agra-Anuhar-1707661169.jpg
 

Dabur Nepal
NIC Asia

प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वमा पुस्तक प्रकाशित भएको हो । विमोचनका क्रममा भने पुस्तक विवादित बन्यो ।

जनजाति पत्रकार महासंघ (फोनिज)ले 'सत्यनारायणबहादुर सिंह नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष भएको तर उनको नाम नराखिएको' भन्दै विमोचन कार्यक्रममै पुस्तक च्यातिदिएको छ । फोनिजका प्रतिनिधिले कार्यक्रममै नाराबाजी गर्दै विमोचनका लागि हातमा लिइएको पुस्तक खोसेर च्यातिदिएका थिए ।

NFJ-1-1707661062.jpg
 

पत्रकार महासंघ प्रतिष्ठान प्रदेशका अध्यक्ष अधिकारीले भने महासंघका अध्यक्षको आधिकारिकता दिने काम प्रतिष्ठान प्रदेशको नभएको स्पष्टीकरण दिए । उनले आफूहरूले महासंघको कार्यालयमा राखिएको फोटो र दस्ताबेजलाई आधार मानेर पुस्तक प्रकाशित गरेको पनि बताए । महासंघको दस्ताबेजभन्दा बाहिर गएर प्रतिष्ठानले काम गर्न नसक्ने उनको भनाइ थियो ।

“उहाँहरूले संस्थापकको विषयमा प्रश्न उठाउनुभएको सुनियो । तर, संस्थापक अध्यक्षको निर्क्योल प्रतिष्ठान प्रदेशले गर्ने होइन,” अधिकारीले भने, “हामीले पत्रकार महासंघको कार्यालयमा राखिएको फोटो र उपलब्ध दस्ताबेजलाई आधार बनाएर पुस्तक प्रकाशित गरेका हौँ ।”

NFJ-2-1707661061.jpg
 

नेपाल पत्रकार महासंघमा केही समयदेखि नेकपा (एमाले) निकट प्रेस चौतारीले पत्रकार महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई नभएको तर्क अघि सारेको छ । उसले सत्यनारायणबहादुर सिंह संस्थापक भएको दाबी गर्दै आएको छ । चौतारीकै उमेदवार भएर पत्रकार शिव गाउँले र महेन्द्र विष्टले महासंघको नेतृत्व गरिसकेका छन् ।

तर, उनीहरू नेतृत्वमा रहँदा पनि महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई नभएको उल्लेख गर्ने र दस्ताबेज सच्याउने काम भएको देखिँदैन । तर, चौतारीले उठाएको मुद्दामा टेकेर आइतबार फोनिजका प्रतिनिधिले विमोचनस्थलमै पुगेर पुस्तक च्यातेका हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  २०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro