site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से साढे १० अंकले *घट्यो, चार अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक ०.५० प्रतिशतले घटेको छ । नेप्से १०.५० अंकले घटेर २०८५.८२ को विन्दुमा पुगेको छ ।

यस दिन एक करोड पाँच लाख ७१ हजार ११९ कित्ता सेयर चार अर्ब आठ करोड ५६ लाख ७८ हजार ४७२ रुपैयाँमा किनबेच भएको छ ।

१३ उपसमूहमध्ये तीनवटाको समूहगत सूचक बढेको छ । १० वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

एनआईसी एसिया ग्रोथ फन्ड टुको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

*घट्यो हुनुपर्नेमा यसअघि बढ्यो भएकाले सच्याइएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro