site stats
बाह्रखरी :: Baahrakhari
देश
क्यापिटल मर्चेन्ट घोटाला प्रकरणमा दोषी ठहर थापा पक्राउ

काठमाडौं । क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडको रकम हिनामिना प्रकरणमा दोषी ठहर भएका रामभक्त थापालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले घोटाला प्रकरणका दोषी काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ का थापालाई गएको शुक्रबार कोटेश्वरबाट नियन्त्रणमा लिएको हो ।

Argakhachi Cement Island Ad

थापाले काभ्रे ब्रोइलर सप्लायर्स नामक प्राइभेट फर्मको फर्जी कागजात तयार गरी क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडको आठ करोड ५० लाख रुपैयाँ कर्जा लिएर दुरुपयोग गरेको खुलेको थियो ।

उक्त अभियोगमा उच्च अदालत पाटनले ०७१ मा थापालाई तीन वर्ष कैद र नौ करोड सात लाख ३७८ रुपैयाँ जरिवाना असुल गर्ने आदेश गरेको थियो । त्यसयता थापा फरार थिए ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्