खेल
काठमाडौं । क्यानडामाथि लगातार दोस्रो जितसँगै नेपालले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला आफ्नो पक्षमा पारेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल चार विकेटले विजयी भयो ।
२८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । नेपालले अन्तिम खेलअगावै शृंखला जितेको हो ।
नेपालबाट कप्तान रोहितकुमार पौडेल, देव खनाल र ओपनर अनिल साहले अर्धशतक बनाए । रोहित ‘प्लेयर अफ दी म्याच’ समेत चुनिए ।
तीन ब्याटरले अर्धशतक बनाउँदा क्यानडाविरुद्ध नेपालको सहज जित
गएको बिहीबार पहिलो खेलमा नेपालले क्यानडालाई सात रनले पराजित गरेको थियो । शृंखलाअन्तर्गतको अन्तिम खेल आउँदो सोमबार कीर्तिपुरमै हुनेछ ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: शनिबार, माघ २७, २०८० १८:५५
प्रतिक्रिया दिनुहोस्