site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
फस्ट र लास्ट बेन्चरको ज्ञानको मापन अंकमा गर्ने व्यवस्था बदल्नुपर्छ : मुख्यमन्त्री कार्की
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

विराटनगर । कोसीका मुख्यमन्त्री केदार कार्कीले फस्ट बेन्चर र लास्ट बेन्चर विद्यार्थीको ज्ञानको मापन अंकमा गर्ने व्यवस्था बदल्नु पर्ने बताएका छन् । 

विराटनगरमा न्यू सृष्टि दैनिकको वार्षिकोत्सव एवम् सम्मान कार्यक्रममा मुख्यमन्त्री कार्कीले ज्ञानको मापन अक्षरमा नभइ खोज र अनुसन्धानका आधारमा हुनुपर्ने बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“फस्ट बेन्चर र लास्ट बेन्चरको ज्ञान र क्षमताको मापन अक्षरबाट हुँदैन र गर्न पनि मिल्दैन,” उनले भने, “अल्बर्ट आइन्स्टाइन लगायतका व्यक्तिहरू किताबी ज्ञानले नभइ प्रकृतिबाट प्राप्त शिक्षाले वैज्ञानिक भएको बुझ्नु आवश्यक छ तर अहिलेका अभिभावकहरू पनि आफ्ना बालबालिकाको शिक्षा र ज्ञानको मापन नम्बरमा नै खोजिरहेका छन् ।”

त्यसैले अब अहिलेको शैक्षिक व्यवस्था बदलेर अब्बल नागरिक बनाउने व्यवस्थामा जानुपर्ने मुख्यमन्त्री कार्कीले बताएका हुन् । शिक्षा र ज्ञान फरक विषय भएको सबैले बुझ्नु आवश्यक भएको उनको भनाइ थियो ।

Global Ime bank

“सामुदायिक विद्यालयहरूमा अहिले अंग्रेजी र नेपाली माध्यमबाट छुट्टाछुट्टै भाषामा शिक्षा दिएर विद्रोहको बीउ रोपिरहेको छ,” उनले भने, “धनी भएको कारण अंग्रेजी र गरिब भएकोले नेपाली माध्यममा शिक्षा प्राप्त गरेको असर बालबालिकामा कस्तो पर्छ भन्ने बुझ्नु पर्दैन ?”

विद्यालयको एउटै छानामुनि दुई खाले विभेदकारी शिक्षा दिन मिल्छ भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न गरेका थिए । “त्यही गरिब विद्यार्थीले विभेदकारी शिक्षाविरूद्ध विद्रोह गर्याे भने के गर्ने ?”, उनले भने, “त्यसैले समान शिक्षा र ज्ञानका लागि शिक्षा प्रणाली नसुध्रुञ्जेल अभियान जारी राख्छु ।” 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC