site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी सरकार र पहिचानवादीबीच वार्ता : प्रदेशको पुनः नामकरणका लागि संयुक्तरूपमा पहल गरिने

विराटनगर । कोसी प्रदेश सरकार र पहिचान पक्षधरबीच वार्ता सकिएको छ । प्रदेश सरकारको सरकारी वार्ता टोली र पहिचान  पक्षधरसँगको वार्ता बिहीबार र आज (शुक्रबार) चलेको थियो । वार्ता सकारात्मक रूपमा अघि बढेको वार्ता टोलीका संयोजक कोसीका भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगले बताए ।

प्रदेश सरकार र पहिचान पक्षधरले संविधानसम्मत ढंगले प्रदेशको पुनः नामकरणका लागि राजनीतिक वातावरण बनाउन संयुक्तरूपमा पहल गर्ने सहमति भएको छ ।

पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार, आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा प्रदेश सरकारले फिर्ता लिने र फागुन १० गते अगावै दुवै पक्षको सहमतिमा पुनः वार्ताका लागि मिति तोक्ने सहमति भएको मन्त्री जबेगुले बताए । पहिचानवादीले अब सांसद तथा मन्त्रीलाई जिल्ला प्रवेशमा रोक नलगाउने बताइएको छ ।

यो वार्ताले प्रदेशमा शान्तिपूर्ण वातावरण बनेकोले विकास समृद्धिको कामले तीव्रता पाउने मुख्यमन्त्री केदार कार्कीले बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १३:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro