site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साना हतियार सुरक्षा चुनौती बन्दै, ६ महिनामा ११६ थान बरामद

काठमाडौं । नेपाल साना हतियारका कारण असुरक्षित बन्दै गएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा मात्रै विभिन्न स्थानबाट पक्राउ परेका १३४ जनालाई अवैध हतियार मुद्दामा पक्राउ परेको जनाएको छ ।

पक्राउ परेकामध्ये पुरूष १३० जना र महिला चार जना छन्  । पक्राउ पर्नेहरूमा काठमाडौं उपत्यकाबाट १७ जना, कोसी प्रदेशबाट १८ जना, मधेसबाट २५ जना, वाग्मतीबाट १३ जना, गण्डकीबाट १४ जना, लुम्बिनीबाट २१ जना, कर्णालीबाट १२ जना र सुदूरपश्चिमबाट १४ जना पक्राउ परेका छन् ।

जसकारण प्रहरीले अवैध हतियार नियन्त्रण गर्न विषेश टोली नै बनाएर सूचना संकलनमा खटाएको छ । अपराध न्यूनीकरणका लागि अवैध हतियार नियन्त्रणमा पहिलो प्राथमिकता रहेको प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालको भनाइ छ ।

प्रहरीले ६ महिनाको अन्तरमा पेस्तोल ६ थान, रिभल्वर चार थान, कटुवा पेस्तोल १७ थान, बन्दुक ६ थान, भरुवा बन्दुक ८१ थान र एयर गन दुई थान गरी जम्मा ११६ थान अवैध हतियार बरामद भएको छ ।

हतियारसँगै प्रहरीले पेस्तोलको गोली ५३ राउन्ड, रिभल्वरको २२ राउन्ड, कटुवाको १७ राउन्ड, बाह्रबोरको १९ राउन्ड, बन्दुकको २० राउन्ड, भरूवाको ९३ राउन्ड र अन्य तीन राउन्ड गरी जम्मा २२७ राउन्ड गोली बरामद भएको डीआईजी ढकालले बताए  ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro