देश

काठमाडौं । रौतहटमा आइतबार (असार १) भारी वर्षा भएको छ । महेशपुरमा मध्यमदेखि भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
उक्त क्षेत्र भई बहने बकल्या नदीलगायत साना खोलामा बहाव बढ्ने सम्भावना छ । नदीतटीय र होचा स्थानमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
“असार १ बिहान १२ बजे । पछिल्लो एक घण्टामा रौतहट जिल्लास्थित महेशपुर वर्षा मापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको र सो क्षेत्र भई बहने बकल्या नदीलगायत अन्य स–साना खोलाहरूमा बहाव बढ्न सक्ने भएकोले तटीय तथा डुबान भइरहने क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: आइतबार, असार १, २०८२ १२:३०
प्रतिक्रिया दिनुहोस्