site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रोमाञ्चक खेलमा इरानलाई हराउँदै कतार लगातार दोस्रोपटक फाइनलमा 

काठमाडौं । रोमाञ्चक खेलमा इरानविरुद्ध ३–२ को जित निकाल्दै साविक विजेता कतार एएफसी एसियन कपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार कतारको अल थुमाम रंगशालामा सम्पन्न खेलमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै घरेलु टिमले फाइनल यात्रा तय गरेको हो । 

खेलको चौथो मिनेटमा अर्दार अजुमोउनले गोल गर्दै इरानलाई अग्रतामा राखेका थिए । तर, १७औँ मिनेटमा जासिम गाबेर अब्दुलसलामले गोल गर्दै घरेलु टिमलाई खेलमा फर्काएका थिए । ४३औँ मिनेटमा अक्रम अफिफले गोल गरेपछि कतारले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो । 

५१औँ मिनेटमा अलिरेजा जाहानबक्सले पेनाल्टी सदुपयोग गर्दै पुनः इरानलाई खेलमा फर्काएका थिए । तर, खेलको निर्धारित समय सकिन आठ मिनेट बाँकी रहँदा अल्मोइज अली निर्णायक गोल गरेपछि कतार रोमाञ्चक जितसहित लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो ।

इन्जुरी समयमा ओजाइ खलिलजदेहले रातो कार्ड पाउँदै मैदान छोडेपछि इरान १० खेलाडीमा समेटिएको थियो ।

कतारले अब उपाधिका लागि फेब्रुअरी १० मा जोर्डनसँग खेल्ने छ । यसअघि जोर्डनले पहिलो सेमिफाइनलमा दक्षिण कोरियालाई २–० ले हराउँदै पहिलोपटक एसियन कपको फाइनलमा स्थान बनाएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  २३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro