site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सम्पत्ति शुद्धीकरण विधेयकमा छलफल : खेतमा कि उखुबारीमा क्यासिनो बनाउने ? 

काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक फुल हाउसमा पेस भएको छ । 

बुधबारको प्रतिनिधिसभा बैठकमा उक्त विधेयक पेस भएर छलफल भएको छ । छलफलमा बोल्दै रास्वपा सांसद डीपी अर्यालले आफ्नो संशोधनलाई समितिले पूरै वेवास्ता गरेको र यथास्थितिमा विधेयक पास गर्न नहुने धारणा राखे । 

“कुनै पनि संशोधन मेरो संशोधनमाथि छलफल भएको पाइन । के कारण अस्वीकृत भयो थाहा पाइन । हुन्डी तथा स्रोत नखुलेको रकमलाई निस्तेज पार्ने र नेपाल प्रहरीलाई क्यासिनो सुरक्षाको जिम्मा दिनुपर्ने भन्ने संशोधन राखेको थिए । तर, परेन,” उनले भने । 

Dabur Nepal
NIC Asia

सांसद अर्यालले ऐन केही व्यक्तिलाई जोगाउन ल्याएको भए त्यो व्यक्ति को हो सांसदले चिन्न पाउनुपर्ने धारणा राखे । सांसद स्वर्णिम वाग्लेले विधेयकले संविधानमा संघलाई दिएको एकल अधिकारमा सहकारीको नियमन संघलाई मात्र नियमन भन्ने अधिकार भएको भन्दै विधेयकमा त्यो कुरा बाझिएको उल्लेख गरे । 

सांसद सुमना श्रेष्ठले समितिबाट प्रतिवेदनसहित विधेयक आएपनि यसले भ्रष्टाचार र अकुत सम्पत्ति कमाउनेहरूलाई संरक्षण गर्न उर्धत भएको उल्लेख गरिन् । 

सत्तारुढ दल नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले विधेयक अतिआवश्यक भएको र समितिबाट सर्वसम्मतिमा प्रतिवेदन बनेर आएकाले विधेयक चाँडोभन्दा चाँडो पास गर्नुपर्ने पक्षमा आफ्नो धारणा राखे । 

“विधेयक आवश्यक भएर ल्याइएको हो । कानुन नबनाउँदा टिप्पणी र आलोचना भएको र नेपाललाई कालोसूचीमा राख्ने समेत कुरा भएको थियो । यो ऐनले लोकतन्त्रमा सुशासन कायम गर्न भूमिका निर्वाह गर्छ । अहिले विकास र अर्थतन्त्रलाई अघि बढाउनका लागि अघि बढेको हुनाले यो कानुनलाई पास गरेर जानु पर्छ । सुझाव ग्रहण गर्दै पास गरौँ,” उनले भने । 

सांसद प्रेम सुवालले पनि समितिबाट आउँदा आफ्नो संशोधनलाई पूर्णरूपमा वेवास्ता गरिएको धारणा राखे । उनले आफूले स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्ने, नेपाली सम्पत्तिको सीमाकरण गर्ने, निजी बैंक राष्ट्रियकरण गर्नुपर्छ भन्ने संशोधन राखेपनि ती विषय समितिबाट प्रतिवेदन आउँदा नसमेटिएको उल्लेख गरे । 

“यसले सम्पत्ति शुद्धीकरण हुँदैन । सरकारसँग सम्पत्ति शुद्धीकरणको एजेन्डा नै छैन । घरजग्गा धेरै ठाउँमा जोड्न नपाउने व्यवस्था गर्नुपर्छ,” उनले भने । 

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले क्यासिनो स्थापनासम्बन्धी विषय विधेयकमा गलत भएको उल्लेख गरे । विधेयकमाथि छलफलपश्चात बनेको प्रतिवेदनमा समितिले सीमाभन्दा पाँच किलोमिटरभित्र मात्र क्यासिनो खोल्न पाउने भनि उल्लेख गरेको छ । अघिल्लो विधेयकमा तीन किलोमिट भनिएको थियो । सांसद यादवले यसमा आपत्ति जनाए । उनले क्यासिनो विदेशी नागरिकलाई मनोरन्जनका लागि लक्षित भएको भन्दै तराईका सबै सहरहरू भारतीय सीमाभन्दा दुई, तीन किलोमिटरभित्र रहेको जानकारी दिए । 

साथै उनले सीमित व्यक्तिलाई पोस्न यस्तो प्रावधान राखेको आरोप पनि लगाए । “सहर भारतीय सीमाभन्दा दुई, तीन किलोमिटर भित्र छ । अब पाँच किलोमिटरभित्र बनाउने भनेपछि खेतमा क्यासिनो बनाउने, उखु बारीमा क्यासिनो बनाउने ? कुन व्यक्तिका लागि फाइदाका लागि हो । एउटा व्यक्तिको फाइदाका लागि यो आएको छ । यो प्रावधान हटाउनुपर्छ तीन किमी राख्नुपर्छ,” उनले भने । 

सांसद रामहरि खतिवडाले नेपालमा लगानीको वातावरण सिर्जना गर्न पुँजी भित्राउनुको विकल्प नभएको उल्लेख गरे । खतिवडाले हतियार र लागुऔषधबाहेक अन्य क्षेत्रबाट आउने रकममा खुकुलो हुनुपर्ने नीति आवश्यक भएको धारणा राखे । साथै उनले सम्पत्ति शुद्धीकरण विभाग व्यापारी थर्काउने विभागमा परिणत हुन खोजेको भन्दै आपत्ति जनाए । 

“सम्पत्ति शुद्धीकरण जुन विभाग छ व्यापारीलाई तर्साउने थर्काउने र फाइदा लिने जस्तो नजाओस् । व्यापारी तर्साउने अड्डा नबनोस्,” उनले भने, “क्यासिनको कुरा अयोा । खोल्न चाहि दिने रोयल्टी चाहिँ नलिने । यसरी मुलुक कहाँ जान्छ सरकारको ध्यान जाओस् ।” 

सांसद अमरबहादुर थापाले मुलुक भ्रष्टाचार मुक्त बनाउन र अर्थतन्त्र चलयमान बनाउन सम्पत्ति शुद्धीकरण गराउने अभियान चलाउनुपर्ने बताए । उनले सार्वजनिक स्थानमा रहेको व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने र अवैध पैसा जफत गरेर राज्यले राख्नुपर्ने धारणा राखे । उनले नोटबन्दी गरेर सम्पत्ति छानबिन गर्नुको विकल्प नभएको बताए । 

ज्ञानेन्द्रबहादुर शाहीले स्थानीय तहलाई सहकारीको अनुगमन दिन नहुने बताए । सहकारी ठगीमा परेर नागरिक रोइरहेको अवस्थामा स्थानीय तहलाई अधिकार दिने भए स्थानीय तहले सहकारीहरूसँग मिलेर थप ठग धन्दा चलाउने धारणा राखे । उनले क्रिप्टोलाई आंतककारी गतिविधि भनिएको रहेछ भन्दै यस्ता गलत काम गर्न नहुने धारणा राखे । उनले पनि नोटबन्दी गर्नुपर्ने धारणा राखे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro