site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दक्षिण कोरियामाथि सनसनीपूर्ण जित निकाल्दै जोर्डन फाइनलमा
Tiktok banner adTiktok banner ad

काठमाडौं । पहिलो सेमिफाइनमा दक्षिण कोरियाविरुद्ध २–० को जित निकाल्दै जोर्डन एएफसी एसियन कपको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार कतारको अहमेद बिन अली रंगशालामा जोर्डनलाई ऐतिहासिक जित दिलाउन याजन अल–नैमत र मुसा अल–तामरीले गोल गरे ।

एएफसी एसियन कपको इतिहासमा जोर्डन पहिलोपटक फाइनलमा पुगेको हो ।

जोर्डनले दुवै गोल दोस्रो हाफमा गरेको थियो । ५३औँ मिनेटमा अल–नैमतले गोल गर्दै जोर्डनलाई अग्रतामा राखेका थिए । त्यसको १३ मिनेटपछि नै अल–तामरीले जोर्डनको अग्रता दोब्बर बनाए ।

दुई पटकको च्याम्पियन दक्षिण कोरियालाई निराश बनाएको जोर्डनले अब उपाधिका लागि साविक विजेता कतार र इरानबीचको विजेतासँग खेल्ने छ । 

जोर्डनसँगको हारले नौ वर्षपछि फाइनल पुग्ने दक्षिण कोरियाको लक्ष्य पुरा हुन सकेन । दक्षिण कोरिया पछिल्लो पटक सन् २०१५ को संस्करणमा फाइनल पुगेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  २२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro