site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मेलम्ची खानेपानी आयोजनाको प्रक्रियामा नै पुनर्संरचना गर्नुपर्ने हुन्छ : मन्त्री यादव
तस्बिर : किरणराज विष्ट/रासस ।

काठमाडौं । खानेपानीमन्त्री महिन्द्र राय यादवले मेलम्ची खानेपानी आयोजनाको प्रक्रियामा नै पुनर्संरचना गर्नुपर्ने बताएका छन् । स्थानीय तहका जनप्रतिनिधिले निर्णय प्रक्रियामा ढिलाइ गर्दा यसको कामले गति लिन नसकेको उनले जिकिर गरे ।

त्यसमा सुधार ल्याउन आयोजनाको निर्णय प्रक्रियामा नै पुनर्संरचना गर्न आवश्यक रहेको उनले औँल्याए । राष्ट्रियसभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको मंगलबारको बैठकमा उनले सो आयोजनाको निर्णय प्रक्रियालाई छिटो गर्न सरकारको ५१ प्रतिशत सेयर होल्डर हुनुपर्ने विषयमा छलफल भइरहेको जानकारी गराए ।

Dabur Nepal
NIC Asia

“...मेलम्चीको अहिले जुन प्रक्रिया छ, यो प्रक्रियालाई हामीले पुनर्संरचना गर्नैपर्छ । अहिले अवस्था कस्तो छ भने त्यहाँका १८ वटा नगरपालिकाका मेयरहरू त्यहाँको सेयर होल्डर हुने, उद्योग वाणिज्य संघ सेयर होल्डर हुने,” उनले भने, “मन्त्रालयको भूमिका भनेको एकजना सहसचिव मात्रै त्यहाँ जानुहुन्छ । सबै उहाँहरूको कम्पनी ऐनअन्तर्गत दर्ता छ । कम्पनी ऐनअन्तर्गत दर्ता भइसकेपछि यसको आफ्नै विधि, प्रक्रिया र कानुनी व्यवस्था छ ।”

उनले थपे, “हाम्रो प्रयास के रहन्छ भने ५१ प्रतिशत सेयर होल्डर नेपाल सरकारको रहोस् । यसले निर्णय प्रक्रिया छिटोछिटो हुन्छ । निर्णय प्रक्रियामा एउटा विषयलाई एक वर्ष, डेढ वर्ष, दुई वर्ष लाग्छ ।”

भूकम्पीय उच्च जोखिममा रहेकाले पनि मेलम्ची खानेपानी आयोजना भरपर्दो हुने अवस्था नरहेको उनको भनाइ छ ।

उनले मेलम्चीसहितका राष्ट्रिय गौरवका आयोजनाको कामलाई अघि बढाउन सार्वजनिक खरिद ऐन नै संशोधन गर्नुपर्ने आवश्यकता औँल्याए ।

मन्त्री यादवले बर्सातमा काठमाडौंवासीलाई मेलम्ची खानेपानी अभाव हुने भएकाले सरकारले यहीँका स्रोतको उचित व्यवस्थापनको कामलाई अघि बढाएको जानकारी गराए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १५:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro