site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
६ महिनामा एक खर्ब ९२ अर्ब कर्जा प्रवाह
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा एक खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा पछिल्लो ६ महिनामा चार प्रतिशतले बढेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

अघिल्लो वर्षको यसै अवधिमा यस्तो कर्जा प्रवाह एक खर्ब ३७ अर्ब ३३ करोडले बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको छ ।

Global Ime bank

६ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा १.१ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा आठ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ४.१ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०.६ प्रतिशतले बढेको छ ।

यस्तै, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा दुई प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ४.५ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा सात प्रतिशत बढेको छ । सबैभन्दा धेरै ऋण प्रवाह सेवा क्षेत्रमा बढेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय