site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादी केन्द्रको विधान अधिवेशनपछि नेसपासँग एकता हुने !
Tiktok banner adTiktok banner ad

काठमाडौं ।  नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्र राय यादवले नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशनपछि नेसपासँगको एकता प्रक्रिया अगाडि बढ्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै खानेपानी मन्त्रीसमेत रहेका मन्त्री यादवले नेसपा र माओवादी केन्द्रबीच एकता भएर एकता महाधिवेशनको प्रक्रिया अगाडि बढ्ने बताए । उनले नेसपाको सर्वसम्मत निर्णय नै माओवादीसँग एकताका लागि वार्ता, संवाद गर्ने भएको भन्दै सो निर्णय अनुरूप काम भइरहेको बताए ।

उनले पार्टीको निर्णय सबैले मान्नुपर्ने भन्दै अर्का अध्यक्ष डा. बाबुराम भट्टराई पनि एकताका लागि तयार रहेको बताए ।

"हाम्रो पार्टीको एक लाइन नै हो । केन्द्रीय कमिटीको सर्वसम्मतबाट निर्णय भएको छ । माओवादीसँग वार्ता गर्ने, संवाद गर्ने । त्यसका लागि डा. बाबुराम भट्टराईको नेतृत्वमा ६ सदस्यीय संयोजन समिति बनेको छ । माओवादीको प्रधानमन्त्री प्रचण्डजीको नेतृत्वमा बनेको छ । अब त्यसलाई पूर्णता दिएर औपचारिक बैठक बस्छौँ । हामीले लिखित रूपमा ९ बुँदा दिएका छौँ," उनले भने ।

 

उनले माओवादी केन्द्रको विधान अधिवेशनपछि संयोजन समितिको बैठक बसेर सबै कुरा टुंग्याउने जानकारी दिए ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  २१:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro