site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सवारी दुर्घटनासम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव संसद्‌मा दर्ता
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभा सदस्यहरूले सवारी दुर्घटनालाई न्यूनीकरण गर्नुपर्ने भन्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् ।

सोमबार दर्ता गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा राष्ट्रियसभा सदस्यहरूले नेपालको संविधानमै मौलिक हकमा सम्मानपूर्वक बाँच्न पाउने र आधारभूत स्वास्थ्यको हक सुनिश्चित गरिएको उल्लेख गरेका छन् ।

उनीहरूले प्रस्तावमा सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने र दुर्घटनामा परी ज्यान गुमाउनेको परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको उद्धार तथा उपचार, अपांगता भएका नागरिकलाई उचित प्रबन्ध तथा मर्यादित श्रमको प्रवर्धनको विषय समावेश गरेका छन् ।

प्रस्तावमा चालक एवं सहचालकका लागि परामर्श केन्द्र र गुनासो सुनुवाइ गर्ने निकायको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

आमनागरिकबीच सडकको सही प्रयोगकाबारे चेतना अभिवृद्धि अभियानलगायत विषयमा तत्काल कदम चाल्न आवश्यक देखिएकाले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरिएको उनीहरूको भनाइ छ ।

प्रस्ताव दर्ता गराउँदै सांसदहरूले सवारी चालक अनुमतिपत्र प्राप्ति अघि अनिवार्यरूपमा सवारी सञ्चालनसम्बन्धी पर्याप्त जानकारी उपलब्ध गराउनुका साथै चालक र सहचालनलाई आवधिकरूपमा सचेतनामूलक कार्यक्रम र पुनर्ताजगी कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् ।

1_169-1707138618.jpg

2_162-1707138618.jpg

3_133-1707138617.jpg

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro