site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अरूण चौधरीसहित तीनजनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति*

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका उद्योगपति अरूण चौधरीसहित तीनजनालाई थप दुई दिन* हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले सोमबार चौधरीलाई थप दुई दिन हिरासतमा राख्ने अनुमति दिएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

सीआईबीले चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.का सञ्चालक सञ्जय ठाकुरलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । 

बाँसबारी छालाजुत्ता उद्योगको जग्गा प्रक्ररणमा पक्राउ परेका तीनैजना स्वास्थ्यको कारण देखाई ग्रान्डी अस्पतालमा छन् । प्रहरीले उनीहरूलाई सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठको रोहवरमा बयान गरेको थियो ।

*यसअघि चौधरीको पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता शम्भु थापाले तीन दिनको अनुमति दिएको बताएका थिए । तर, अदालतका सूचना अधिकारीले दुई दिनको अनुमति दिएको बताएकाले भुलसुधारसहित सच्याइएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro