site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘नदेखिने गुट’ले एमालेमा एकपछि अर्को किचलो, भित्रभित्रै थामथुमको प्रयास !
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । एमालेमा एकपछि अर्को विवाद देखिन थालेको छ ।  एउटा विवाद सेलाउन नपाउँदै अर्को विवादको बिजारोपण हुन थालेको हो ।

एमालेले असोज  र कात्तिकमा भएका प्रदेश अधिवेशनमा गुटगत प्रतिस्पर्धासँगै विवाद सतहमा आएको थियो । अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरू विभाजित भएका थिए ।

प्रदेश अधिवेशनको विवादको मसी सुक्न नपाउँदै जिल्ला अधिवेशनमा पनि त्यसको प्रभाव देखिएको छ । हालैमात्र धादिङको अधिवेशनसँगै एमालेभित्रको कलह बाहिरियो । 

Prabhu Bank
Agni Group
NIC Asia

कर्णाली विवाद 

कर्णालीमा कात्तिकमा भएको प्रदेश अधिवेशनको विवाद हालै सुल्झिएको नेताहरूले बताएका छन् । कर्णालीमा मंसिर ११ गते महासचिव शंकर पोखरलेले पठाएको पत्रले विवाद सिर्जना भएको थियो । 

Global Ime bank

प्रदेश अधिवेशनबाट दुई उपसचिवमा एकजना महिला नल्याइएको भन्दै पोखरेलले पद्मा खड्कालाई उपसचिव बनाउन निर्देशन दिएका थिए । अधिवेशनबाट निर्वाचित रमेश शाहीको ठाउँमा खड्कालाई निर्वाचित गराउन केन्द्रको निर्देशन थियो ।

तर, अधिवेशनले निर्वाचित गरेका पदाधिकारीलाई हटाउन नमिल्ने भन्दै कर्णालीमा विवाद देखिएको थियो ।  तथापि केन्द्रको निर्देशनपछि उपसचिवमा खड्कालाई सपथ गराइयो । ओलीले कर्णालीका नेताहरूलाई राखेर छलफल गरेपछि विवाद टुंगिएको हो । 

कर्णालीका इन्चार्जसमेत रहेका पार्टी सचिव लेखराज भट्टले हिजोको समस्यातिर नफर्किएर एकताबद्ध ढंगले जाने सहमति भएको जानकारी दिए । 

“छलफलपछि त समाधान भयो । हिजोको समस्यातिर नफर्कने, नयाँ तरिकताले रुपान्तरण भएर जानेछ,” उनले बाह्रखरीसँग भने, “एकताबद्ध भएर पार्टी नयाँ ढंगले निर्माण गर्ने सहमति भएको छ ।” 

उपसचिवमा खड्कालाई मानेर जान नेताहरू सहमत देखिएका छन् । 

मुगुमा विवाद 

एमालेको मुगु जिल्ला अधिवेशनमा विवाद भयो । गत मंसिर ९ गते भएको अधिवेशनमा अध्यक्षबाहेकका पदाधिकारी निर्वाचित भए । 

अधिवेशनबाट पूर्ण रोकायालाई अध्यक्ष बनाइयो । अध्यक्षका अर्का आकांक्षी डम्बरबहादुर रावल पक्षले उक्त अधिवेशन अवैध भन्दै अस्वीकार गर्यो । त्यो विवाद समाधान गर्ने जिम्मेवारी पार्टीको संगठन विभागले पायो । 

धादिङमा लफडा 

माघ–१९ गते उद्घाटन भएको धादिङ अधिवेशनमा किचलो छताछुल्ल भयो ।  धादिङमा पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरूबीच नै प्रतिस्पर्धा छ । 

अध्यक्षमा हालका जिल्ला अध्यक्ष भूमि त्रिपाठी र रामकुमार अधिकारी आकांक्षी छन् । त्रिपाठीले प्रतिनिधि छनोटमा एकलौटी गरेको भन्दै अधिकारीलाई साथ दिएका नेताहरू असन्तुष्ट देखिएका छन् । 

अधिकारीलाई प्रदेश अध्यक्ष कैलाश ढुंगेल, खेम लोहनीलगायत नेताको साथ छ । अधिवेशनमा कुटपिटको समेत अवस्था सिर्जना भएपछि प्रदेश अध्यक्ष ढुंगेलले आइतबार बिहान अधिवेशन स्थगित गरेका थिए । 

जिल्ला अध्यक्ष त्रिपाठीले भने बन्दसत्र अघि बढाउने तयारी गरेका थिए । तर, अन्योलपछि सोमबार ८ बजेसम्मका निम्ति बैठक स्थगित गरेर नेताहरू काठमाडौं आएका थिए । अध्यक्ष ओलीले विवाद समाधानका निम्ति हस्तक्षेप गर्नुपर्ने परिस्थिति बन्यो । 

उनले त्यसक्रममा अधिवेशन पुनः सञ्चालन गर्न पार्टीको केन्द्रीय संगठन विभागबाट दुई प्रतिनिधि धादिङमा पठाउने निर्णय भयो ।  केन्द्रबाट दुई प्रतिनिधि गई वस्तुस्थिति बुझेर विवाद समाधान गर्दै मंगलबार अधिवेशनको बन्दसत्र अगाडि बढाउने तयारी छ । 

संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले विवादबारे छलफल भइरहेको र कुनै टुंगोमा पुगिनसेको बताए । 

नेताहरू भन्छन् – आत्मकेन्द्रित महत्वाकांक्षाले विवाद 

पार्टीमा एकपछि अर्को विवाद भएपछि नेताहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । पार्टीभित्रको विकृतिको परिणाम देखिएको उपाध्यक्ष युवराज ज्ञवाली बताउँछन् । 

“नियमभन्दा व्यक्ति विशेषका इच्छा, आकांक्षा, स्वार्थहरू हाबी हुन थाल्छन् र गुट हाबी हुन थाल्छन् । व्यक्ति विशेषका निजी मान्छेहरू तयार हुन थाल्छन्,” उनी भन्छन्, “विकृति आयो भने यस्ता समस्या सिर्जना हुन्छ । पार्टीभित्र देखिएको विकृतिको परिणाम हो यो ।” 

पार्टीमा संगठनात्मक अराजकता देखिएको ठान्छन्, केन्द्रीय सदस्य विष्णु रिजाल । 

“एमालेभित्र यतिबेला संगठनात्मक अराजकता चर्को समस्याका रुपमा देखा परिरहेको छ । एक ठाउँमा समाधान गर्यो, अर्को ठाउँमा टाउको उठाइहाल्छ,” उनले सोमबार सामाजिक सञ्जालमा लेखेका छन् ।

पार्टी सचिव लेखराज भट्टले आत्मकेन्द्रित महात्वाकांक्षाले विवाद देखिएको बताए । 

“वैचारिक विवाद होइन । आत्मकेन्द्रित व्यक्तिवादी महत्वाकांक्षा हुन्छ । त्यसले कहिले काहीँ पार्टीका तल्ला कमिटीमा विवाद आउँछ,” उनले भने ।

विवाद समाधान गर्न पार्टी अध्यक्षले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको भन्दै नेताहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।  उपाध्यक्ष ज्ञवाली सबै ठाउँका समस्या समाधान गर्न अध्यक्ष ओलीले नभ्याउने भन्दै विधिअनुसार चल्नुपर्ने बताउँछन् ।

“कति ठाउँका विवाद यहाँ बोलाएर समाधान गर्ने ? संगठनको सञ्जाल छ । त्यो नियममा आधारित भएर चल्ने हो । सबैलाईमाथि ल्याएर हल गर्न सम्भव हुन्न,” उनले भने ।  सचिव भट्टले भने सकेसम्म तल्ला कमिटीका समस्या तलै हल गर्ने र सम्भव नभए केन्द्रले हस्तक्षेप गर्नु स्वाभाविक भएको ठान्छन् ।

“विवाद सकेसम्म केन्द्रमा नल्याई तल नै समाधान गर्ने प्रयत्न गर्नुपर्छ, आ–आफ्नो तहको नेतृत्वले । भएन भने त अध्यक्ष र महासचिवकहाँ पुग्नु स्भाविक नै हो,” उनले भने ।  सजगतापूर्वक छलफल गराएर साम्य पार्दै अघि बढ्नुपर्ने नेताहरूको भनाइ छ । पार्टीमा विवाद, बहस, छलफल हुने त्यसलाई विधिपूर्वक समाधान गर्नेपर्ने नेताहरूको मत छ । 

पार्टी सदस्य बनाउँदा नै कस्तालाई ल्याउने भन्नेमा विचार गर्नुपर्ने एक नेता बताउँछन् । कमिटीमा खराब मान्छे ल्याइएकाले पनि पार्टीमा अराजकता मौलाउने एक ती नेताको ठम्याइ छ ।  “पार्टीका सदस्य बनाउँदा पार्टी कमिटीमा ल्याउने मान्छेहरूबारे विचार गर्नुपर्छ । नत्र दुर्गा प्रसाईं प्रवृत्ति बढ्दै जान्छ । अनेक विकृत मान्छे पार्टीमा भित्रिएका छन्,” ती नेता भन्छन् । 

एमालेमा गुट मौलाए पनि देखिने खालको नभएको विश्लेषक सोमत घिमिरे बताउँछन् । “एमालेमा प्रदेश अधिवेशनबाट गुट देखिएका हुन्,” उनले बाह्रखरीसँग भने, “बाहिर जति केपी ओली भनिएको छ, भित्र त्यति नै कमजोर छन् ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !