site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रपतिको कार्यशैलीप्रति संसद्‌मा प्रश्न, दिइयो चेतावनी

काठमाडौं । नेकपा (एमाले)का सांसद देवेन्द्र दाहालले संघीय संसद्को महासचिव नियुक्ति प्रक्रियामा राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल गरेको आरोप लगाएका छन् । सोमबार राष्ट्रियसभाको बैठकमा उनले यस्तो आरोप लगाएका हुन् ।

उनले संघीय संसद्को महासचिव पद खाली अवस्थामा हुनु र अधिवेशन सुरु भइसक्दा पनि कार्यवाहकबाट काम चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो ? भन्दै प्रश्न गरे । महासचिवमा नियुक्त प्रक्रियामा राष्ट्रपतिले राजनीति गरेको उनको आरोप थियो ।

Dabur Nepal
NIC Asia

उनले राष्ट्रपति पौडेललाई महासचिव पदमा चलखेल नगर्न चेतावनी दिए । कानुनानुसार सिफारिस गरिएको महासचिव अविलम्ब नियुक्त गर्न उनले आग्रह गरे ।

आउँदा बैठकहरूमा राष्ट्रपतिका बारेमा कडा शब्द प्रयोग गर्नुपर्ने स्थिति नबनाउन समेत उनले चेतावनी दिए । राष्ट्रपति पदको गरिमालाई कायम राख्न उनले आग्रह गरे ।

“...कार्यवाहकबाट काम चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो ? हामीले कस्तो राष्ट्रपति पायौँ ? निकै लामो अध्ययन, चिन्तन गर्ने,” उनले भने, “राष्ट्रपतिज्यू, तपाईंको अध्ययन, चिन्तन अब बढी भएन र ? एउटा संसद्को महासचिवमा तपाईंको चलखेल किन ?”

उनले थपे, “मलाई विश्वास छ, आगामी बैठकहरूमा हामीले सम्माननीय राष्ट्रपतिको बारेमा अलि कडा शब्द प्रयोग गर्नुपर्ने छैन । राष्ट्रपति भनेको सम्मानित पद हो । यसको गरिमालाई कायम राख्न आग्रह गर्दछु ।”

नेता दाहालले सत्ताधारी गठबन्धनको अकर्मण्यताका कारण राजनीतिक व्यवस्था कमजोर बनेको जिकिर गरे । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro