site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपनिर्वाचन वैशाखमा, यी हुन् रिक्त स्थान

काठमाडौं । निर्वाचन आयोगले आउँदो वैशाखमा उपनिर्वाचन गर्ने तयारी गरेको छ । आयोगले प्रतिनिधिसभामा रिक्त इलाम क्षेत्र नम्बर–२ सहित २५ पदमा उपनिर्वाचनको तयारी गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबार उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गरेका छन् । उनले उपनिर्वाचन गर्नुपर्ने रिक्त स्थानबारे जानकारी गराएका हुन् । आउँदो वैशाखमा उपनिर्वाचन गर्ने तयारी रहेको थपलियाले बताएका छन् । अर्को साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर उपनिर्वाचनको मिति प्रस्ताव गर्ने आयोगको तयारी छ ।

“अर्को साता सरकारलाई निर्वाचनको मिति प्रस्ताव गर्छौँ,” थपलियाले बाह्रखरीसँग भने, “अहिले यति गते भनेर हामीले भनेका छैनौँ । उपयुक्त दिनमा वैशाखमा उपनिर्वाचन गर्ने तयारी छ ।”

आयोगले उपनिर्वाचनको मिति प्रस्ताव गर्नुअघि राजनीतिक दलसँग छलफलको तयारी गरेको छ । आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति तोक्ने व्यवस्था छ ।

कहाँ–कहाँ रिक्त ? 
प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य एक, जिसस प्रमुख दुई, नगर उपप्रमुख एक, गाउँपालिकाका अध्यक्ष एक, गाउँपालिकाका उपाध्यक्ष दुई र वडाध्यक्षका १७ पद रिक्त छन् । नेपाली कांग्रेसबाट निर्वाचित १५, नेकपा (एमाले)का पाँच, नेकपा (माओवादी केन्द्र)का चार र स्वतन्त्रबाट जितेका एकजनाको स्थान रिक्त रहेको आयोगले जनाएको छ ।

रिक्त स्थानको सूची हेर्नोस्–

acmgf-1707045258.jpg

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro