site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
निरज प्रभावशाली प्रदर्शनसहित पीजीटीआई क्यू–स्कुलको अन्तिम चरणमा प्रवेश

काठमाडौं । नेपालका निरज तामाङले टाटा स्टील पीजीटीआई क्वालिफाइङको अन्तिम चरणमा स्थान बनाउन सफल भएका छन् । क्यू–स्कुल तेस्रो चरणमा समग्रमा ८–अन्डर १३४ को प्रदर्शनसहित तेस्रो हुँदै निरजले अन्तिम चरणमा स्थान बनाएका हुन् ।

३६ होलको प्रतिस्पर्धामा निरजले शनिबार ५–अन्डर ६६ को उत्कृष्ट स्कोर कार्ड दर्ज गर्दै तेस्रो स्थान हासिल गरे । पहिलो दिन ३–अन्डर खेलेका निरजले दोस्रो दिन लोभलाग्दो प्रदर्शन गर्ने क्रममा फ्रन्ट नाइन १–अन्डर ३४ मा सकाए ।

३–पारको पहिलो होलमा बर्डी प्रहार गरेका निरजले यसपछि दोस्रोदेखि नवौँ होलसम्म पार बचाए । ब्याक नाइनमा निरजले प्रभावशाली प्रदर्शन गरे । १०औँ र १४औँ होलमा एक/एक सट बचाए भने ५–पारको १८औँ होलमा इगलको सफलता प्राप्त गरे । उनले बोगी फ्री स्कोरकार्ड दर्ज गरे ।

१३औँ दक्षिण एसियाली खेलकुदका स्वर्णपदक विजेता निरजको यो करियरको सम्झनलायक प्रदर्शन पनि हो । उनले चिली र चेक गणतन्त्रका दुई गल्फरबाहेक सहभागी १२१ गल्फरलाई पछि पारे ।

पहिलो भएका चिलीका माटियास डोमीन्युजले १५–अन्डर १२७ को सानदार नतिजा निकाले । चेक गणतन्त्रका स्टेफन डानेक ९–अन्डर १३३ को स्कोरसहित दोस्रो भए ।

नेपालबाट सहभागी चार गल्फरमध्ये निरज मात्र अन्तिम चरणमा प्रवेश गर्न सफल रहे । युवराज भुजेल र धनबहादुर थापा समग्रमा ४–ओभर १४६ सहित संयुक्त रूपमा ४८औँ स्थानमा रहँदा सविन सापकोटा १९–ओभर १६१ सहित समग्रमा १०५औँ स्थानमा रहँदै क्यू–स्कुलबाट बाहिरिए । युवराजले आज १–ओभर ७२, धनले २–ओभर ७३ र सविनले ८–ओभर ७९ को नतिजा निकाले ।

निरजले अब फेब्रुअरी ६ देखि ९ सम्म हुने टाटा स्टील पीजीटीआई क्वालिफाइङ स्कुल–२०२४ को अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् । गत डिसेम्बरमा कोलकाताको रोयल कलकत्ता गल्फ क्लबमा भारतको आईजीयू ११२औँ एमेच्योर गल्फ च्याम्पियनसिप जितेका शीर्ष नेपाली एमेच्योर सुवास तामाङले सोझै फाइनलमा स्थान बनाइसकेका छन् । पीजीटीआईको कार्डका लागि नेपालका सुवास र निरजले दाबेदारी प्रस्तुत गर्नेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro