site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपाको दबाब अभियान सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रव्यापी दबाब अभियानको सुरुआत गरेको छ । आउँदो चैत २१ गतेसम्म जारी रहने पहिलो चरणको अभियानको आइतबार सिन्धुपाल्चोकको मेलम्चीबाट पार्टी सभापति रवि लामिछानेले शुभारम्भ गरे ।

अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन÷तीन विकासे योजना छनोट गरी २१ योजना निर्माणका निम्ति दबाब दिइने रास्वपाले जनाएको छ । उक्त योजनाको अनुगमन, ढिलासुस्तीको कारण पहिचान गर्न टोली समेत बनाइएको छ । टोलीलाई सभापति लामिछानेले ब्यानर हस्तान्तरण गरेका थिए ।

सो क्रममा सभापति लामिछानेले अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउनका दबाब अभियान सुरु गरिएको जानकारी दिए । उनले आयोजनाहरू समयमा नै सम्पन्न नहुने समस्याको ज्ञापनपत्र नभई समाधानसहितको पत्र सरकारलाई बुझाएर जनतालाई जानकारी दिइने बताए ।

उनले मुलुकको परिवर्तनका निम्ति ‘निलो क्रान्ति’मा पसिना बगाउनुपर्ने धारणा राखे । अभियानका क्रममा रास्वपाले पार्टीको एउटा पनि झन्डा प्रयोग नगर्ने उनले जानकारी दिए ।

रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले आन्तरिक बेथितिलाई अन्त्य गर्दै सुशासन कायम गर्न दबाब अभियान सुरु गरिएको बताए । ०८४ मा रास्वपाको सरकार आएपछि सबै विकृति बढारिने उनको भनाइ छ ।

दबाब अभियानका निष्कर्षलाई संसद् र संसदीय समितिमार्फत छलफलमा लैजाने उनले उल्लेख गरे । अबको संसद् अधिवेशनमा सरकारले ‘बिजनेस’ दिन नसके रास्वपाले आफ्नै विधेयक ल्याएर दर्ता गर्ने उनले बताए ।

मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका निम्ति अभियानअन्तर्गत आइतबार नै सिन्धुपाल्चोक–काठमाडौं दबाब यात्रा सुरु गरिएको थियो । पदयात्राका क्रममा स्थानीयको सुझाव तथा गुनासा समेत लिइने रास्वपाले जनाएको छ । हिमालयन टेली भ्वाइस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro