site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रूसी सेनामा रहेका ७० बढी नेपाली सम्पर्कविहीन

काठमाडौं । रूसी सेनामा भर्ती भएका ७० जनाभन्दा बढी नेपाली सम्पर्कविहीन अवस्थामा रहेका छन् । नेपालमा रहेका आफन्तले उनीहरूको अवस्था बुझिदिन रूसी सेनामा भर्ती भएका अन्य नेपालीसँग अनुरोध गरेका छन् । 

“रूसी सेनामा आवद्ध भएर दुई÷तीन महिनादेखी सम्पर्कमा नरहेका नेपाली दाजुभाइका ७० भन्दा वढी परिवारजनले आफ्नो मान्छेको अवस्थावारे केही बुझिदिनुपर्‍यो भनेर फोटो, डकुमेन्ट, म्यासेज पठाई रहनुभएको छ,” रूसी सेनामा कार्यरत नेपाली डाइमण्ड सी म्याग्देलीले आफ्नो फेसबुक पेजमा लेखेका छन् । 

उनले रूसी सेनामा भर्ती भई केही महिनादेखि सम्पर्कविहीन बनेका नेपालीका परिवारलाई नआत्तिन आग्रह गरेका छन् । 

बंकरमा ड्युटी पर्नेहरु तीन महिनासम्म फोन तथा इन्टरनेटको पहुँचमा नहुने उनले जनाएका छन् । 

आफैँ पनि एकहप्ता युद्ध, फेरि रिट्रिट, रिफ्रेस ट्रेनिङ फेरि युद्ध यस्तै व्यस्ततामा रहने हुँदा सबैलाई एक–एक जवाफ दिन नसकेको उनले बताएका छन् ।

“कतिपय जङ्गल ईलाकामा बंकरमा ड्युटी पर्नेहरू रिप्लेस नहुँदासम्म २ देखी ३ महिना फोन÷इन्टरनेटको पहुँचमा हुँदैनन् । मोबाइल लैजान पाइँदैन । मोबाइल एलो जोनमा छाडेर जानुपर्छ । रिप्लेस भएर फर्केपछि मात्रै फेरि सम्पर्कमा जोडिने अवस्था हुन्छ । तसर्थ नआत्तिनु होला । वारमा जानेको हकमा चाहीँ बढीमा एक महिना सम्पर्कविहिन भयो भने घाइते/अपांग, हताहती वा दुश्मनको कब्जामासमेत पर्न सक्ने अवस्था हुन्छ,” म्याग्देलीले भनेका छन् । 

युद्धबाट अत्तालिएर भाग्न खोज्दा गिरफ्तार भएर केहि समय सम्पर्कविहीन हुने अवस्था पनि हुने उनले बताएका छन् । 

उनी थप स्पष्ट पार्छन्, “कहिलेकाहीँ माइन विस्फोट वा वमवार्डमा कमाण्डरसहित सिंगै युनिट हताहत भयो भने खोजिकार्य, सनाखत र रिपोर्टिङमा ढिलाई हँुदा सम्वन्धित परिवारलाई सूचित गर्न विलम्ब भएको देखिन्छ ।” 

लामो  समयदेखि सम्पर्कविहीन भएकाहरूको अवस्थाबारे जानकारी दिन सम्बन्धित इकाइमा रिपोर्टिङ  आफूले गरेको उनले जनाएका छन् । 

केहीको अवस्थाबारे बुझेर सम्बन्धित परिवारलाई सूचना दिइसकेको समेत उनले उल्लेख गरेका छन् ।  रूसले अवैध तरिकाले नेपालीलाई आफ्नो सेनामा भर्ती गरी युक्रेनसँगको युद्धमा पठाउने गरेको छ ।  नेपाल सरकारले पटक–पटक नेपालीलाई भर्ना नलिन र लिएकाहरूलाई फिर्ता पठाउन गरेको आग्रहलाई रुसले बेवास्ता गर्दै आएको छ । 

हालसम्म रूसी सेनामा भर्ती भएकामध्ये युक्रेनसँगको युद्धमा १४ जना नेपाली मारिएको औपचारिक जानकारी रूसले नेपाललाई दिएको छ ।  रूसी सेनाबाट लड्दै गर्दा चारजना नेपालीलाई युक्रेनले नियन्त्रणमा लिई युद्धबन्दी बनाई राखेको छ । 

परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागमा रूसी सेनामा भर्ती भएका १५० जनाभन्दा बढीका आफन्तले उनीहरुलाई फिर्ता ल्याउन अनुरोध गरी आवेदन दिएका छन् ।  नेपाली युवाहरू विभिन्न एजेन्ट तथा दलालको प्रलोभनमा परी सात लाख रुपैयाँभन्दा बढी रकम बुझाई रूसी सेनामा भर्ती हुन जाने गरेका छन् । 

पछिल्ला साता सरकारले रूस जानेमाथि यसैकारण कडाई गर्न पनि सुरू गरेको छ । 

कसरी लिइन्छ नेपालीलाई सेनामा भर्ती ? 

म्याग्देलीका अनुसार रूसी सेनामा भर्ती हुन जाने नेपालीले सुरुमा मस्कोस्थित रूसी सेनाको केन्द्रीय भर्ती केन्द्रमा आवेदन फारम भर्न लगाउँछन् । त्यसपछि बैंक खाता खोलिन्छ, पूर्ण मेडिकल चेकजाँच हुन्छ र मस्को नजिकै एभनगार्ड  र वालाशिख दुईवटा स्थानमा रहेको केन्द्रीय तालिम केन्द्रमा न्युनतम २ हप्ता वस्ने व्यवस्था हुन्छ । 

यहाँ रहँदा फिजिकल, फायरिङ पोजिसन, व्याटल ड्रिल, ड्रोन एट्याक/डिफेन्स, मेडिकल÷क्याजुल्टी रेस्क्यूलगायत वेसिक अभ्यास गराइन्छ । दुई हप्ता पछि  क्रमशः १ प्लाटुन स्तरको संख्यामा पुनः केन्द्रीय भर्ती केन्द्रमा ल्याइन्छ र मेडिकल अनफिट भएकाबाहेक अन्यलाई रूसी सेनाको काम, कर्तव्य, अधिकार, नियम, कानुन, अनुशासन, तलव÷भत्ता, सेवा/सुविधा वारे जानकारी दिइन्छ । 

“लिखित प्रस्ताव पढ्न दिइन्छ, त्यसपछि चित्त बुझेर सेनामा भर्ना हुन इच्छुक उमेदवारले सम्झौतापत्रमा हस्ताक्षर गर्न सक्छ भने इच्छा नहुने त्यहीँबाट बाहिरिएर सहजै घर फर्किन सक्छ,” म्यादेलीले भने । 

सम्झौतापत्रमा हस्ताक्षर गरेर आधिकारिक रुपमा सैन्य सेवामा प्रवेश गरेकाहरुलाई त्यहाँबाट त्यही साँझ अर्को तालिम केन्द्रतिर लगिन्छ । सबैभन्दा नजिकको तालिम केन्द्र बसमा ४ घण्टा र सबैभन्दा टाढाको तालिम केन्द्र बसमा १८ घण्टामा पुगिन्छ । त्यहाँ न्युनतम २ देखि ३ हप्ता सवैखाले अत्याधुनिक हतियार चलाउने तालिम दिइन्छ । 

तालिमको अन्तिम रात ‘नाइट फाइरिङ ड्रिल’ हुन्छ र अर्को दिन साँझ त्यहाँबाट आर्मीको ट्रकमा राखेर रुसले कब्जा गरिसकेको युक्रेन भूमितिर लगिन्छ । 

गन्तव्यमा पुगेपछि फेरि अर्को चरणको अन्तिम तालिम सुरू हुन्छ । दुई देखि तीन हप्ता चल्ने तालिमको अन्तिम रात ‘नाइट फाईरिङ ड्रिल’ हुन्छ । अर्को साँझ युद्धस्थलमा लगिन्छ । 

“वारजोनमा कसैले आफ्नोे  वंकर रक्षाको ड्युटी गर्नुपर्छ, कसैले एम्युनेसन सप्लाई गर्नुपर्छ, कसैले क्याजुल्टी रेस्क्यु गर्नुपर्छ, कोही आर्टीलरी, डिफेन्ससँगै एसल्टमा  युक्रेन पक्षको वंकर आक्रमण गर्दै थप भुगोल कब्जाको लागि अघि वढ्नुपर्छ । निश्चित इलाकामा ४–५ दिन नियमित वार, रिट्रिट, एकहप्ता रिफ्रेस ट्रेनिङ फेरि ४–५ दिन वार, रिट्रिट फेरि रिफ्रेस ट्रेनिङ फेरि वार क्रमशः यस्तै चलिराछ,” उनले भनेका छन् । 

अहिले रूसी सेना रूसको नियन्त्रणमा रहेको अति युद्धग्रस्त क्षेत्र मारियोपोल, टकमक, वागमट, जाप्रोजिया, ओदिसा, खार्किभ, खेरसन, लुहान्स, दोनेट्स्क, क्राईमिया आदी क्षेत्रमा परिचालित छ । 

“रूसी सेना अहिले कब्जा गरिएको भूमिको डिफेन्स र सानो स्केलमा थप भूगोल कब्जाको रणनीतिमा छ भने युक्रेनी सेना भूमि फिर्ता गर्ने उद्देश्यसहित आक्रमणमा आउँछ । प्रतिरोध/मुठभेड हुन्छ, दैनिकजसो दुवैपक्षका दर्जनौं सैनिक हताहत हुन्छ, व्याक हुन्छ, फेरि अर्को दिन आक्रमण/ प्रतिरोध हुन्छ, दुवैतिर हताहत हुन्छ, सानो स्केलको नियमित स्थलगत लडाइँ यसरी नै चलिरहेको छ,” म्याग्देलीले भनेका छन् । 

युद्ध कहिले अन्त्य हुन्छ निश्चित नभको उनी बताएँछन् । उनले लेखेका छन्, “नाटो गठबन्धनले जति छिटो दबाब सिर्जना गर्छ त्यति नै छिटो ठूलो स्केलको हतियारद्वारा ध्वंसात्मक युद्ध लडेर वार फाइनल गरिन्छ भन्ने अफिसियल कमान्ड ब्रिफिङ छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro