site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा सवारी दुर्घटनाका यस्ता छन् कारण, कुन समयमा कति ?
धादिङमा भएको सवारी दुर्घटना । फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो ६ महिनामा नेपालमा सवारी दुर्घटनामा परी एक हजार १३७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार तीमध्ये ८५४ पुरूष, २०९ महिला, ५० बालक र २४ बालिका छन् ।

२०८० साउन १ गतेदेखि पुस मसान्तसम्मको अवधिमा नेपालमा भएका विभिन्न दुर्घटनामा परी १६ हजार ३३५ जना मानिस घाइते भएका छन् । घाइतेमध्ये तीन हजार २१३ जना गम्भीर र १३ हजार १२२ जना सामान्य घाइते भएका थिए ।

“डिजिटल प्रविधि, सीसीटीभी, ट्राफिक लाइट, मादक पदार्थ सेवन (मापसे) चेकिङ लगायतका अवयव थप गर्ने विषयमा हाम्रो चासो छ, जसले अझै राम्रो किसिमले दुर्घटना नियन्त्रण गर्न सकिन्छ,” नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले भने, “सरोकारवाला सबै निकायले आ–आफ्नो जिम्मेवारी पूर्णरूपमा इमानदार भई काम गरेमा दुर्घटनामा कमी ल्याउन सहज हुने हाम्रो अपेक्षा छ ।”

KFC Island Ad
NIC Asia

प्रहरीका अनुसार पछिल्ला ६ महिनामा देशभर १२ हजार ८५६ वटा सवारी दुर्घटना भएका थिए ।

काठमाडौं उपत्यकामा पाँच हजार ८६५, कोसी प्रदेशमा एक हजार ६३९, मधेसमा तीन हजार १९०, वाग्मतीमा ७०६, गण्डकीमा १९५, लुम्बिनीमा ६०६, कर्णालीमा ४९५ र सुदूरपश्चिममा १६० वटा सवारी दुर्घटना भएको प्रहरीको तथ्यांकले देखाउँछ ।

Royal Enfield Island Ad

दुर्घटनामा ११ हजार ४० वटा मोटरसाइकल, चार हजार ६२५ वटा जीप/कार, एक हजार ४९६ वटा बस, ८७४ वटा ट्रक/ट्याङकर, ७४१ वटा टेम्पो, ३२४ वटा ट्याक्टर, २९४ वटा माइक्रोबस, २१३ वटा टिपर, ३५ वटा डोजर/लोडर/स्काभेटर, ७९९ वटा शारीरिक शक्तिले चल्ने र ५८ वटा अन्य गरी जम्मा २० हजार ४१९ वटा सवारी साधनहरू संलग्न रहेका थिए ।

दुर्घटनामा १० हजार ३५३ वटा सवारी साधनहरू क्षति भएका छन् । तथ्यांकले सबैभन्दा बढी दुर्घटना काठमाडौं उपत्यकामा र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा भएको देखाउँछ । सवारी साधनमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका छन् ।

प्रहरीको तथ्यांकले तीव्र गतिमा गुड्ने सवारी साधनहरू बढी दुर्घटनामा परेको देखिन्छ । तीव्र गतिलगायत दुर्घटनाका विविध कारणहरू छन् ।

बितेको ६ महिनामा तीव्र गतिको कारण पाँच हजार ६४० वटा, बाटो काट्दा यात्रुको कारण ७५६ वटा, मापसे गरेका कारण ६९४ वटा, ट्राफिक नियम उल्लंघन गरेका कारण ५७४ वटा, सवारी चालक अनुमतिपत्र प्राप्त नभएको ४६० वटा र ओभरटेक गर्दा ३५३ वटा सवारी दुर्घटना भएका छन् ।

प्रहरीका अनुसार ओभरलोड, ब्रेक फेल, मोबाइल फोन प्रयोग, यान्त्रिक गडबडी, झुण्डीएर यात्रा जस्ता कारणले समेत सवारी दुर्घटना हुने गरेका छन् ।

जीर्ण सडक, कच्ची सडक, उकालो ओरालो, साघुँरो सडक, हुस्सु कुहिरो, बाढीपहिरो र चौपायको कारण समेत दुर्घटना हुने गरेको भनाइ प्रहरीको छ ।

दुर्घटना न्यूनीकरण गर्नेबारे प्रहरी नायव महानिरीक्षक ढकाल भन्छन्, “नेपाल प्रहरीले ट्राफिक चेकिङलाई तीव्र बनाउने, सवारी नियम पालना गराउन सचेतनामूलक कार्यक्रम संचालन गर्ने, नियम उल्लंघन गर्ने सवारी चालकलाई कारबाही तथा जरिबाना गर्ने गरेको छ । दुर्घटनाबाट हुने जनधनको क्षतिबाट गम्भीर असर पर्छ । त्यसैले दुर्घटना न्यूनीकरणको लागि नेपाल प्रहरीले कडाईका साथ ट्राफिक व्यवस्थापनमा जोड दिँदै आएको छ ।”

नेपाल प्रहरीको अध्ययनअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बिहान ६ देखि दिउँसो १२ बजेसम्म तीन हजार ४७ वटा, दिउँसो १२ देखि साँझ ६ बजेसम्म चार हजार ९५९ वटा, साँझ ६ देखि राति १२ बजेसम्म ४ हजार २६१ वटा र राति १२ देखि बिहान ६ बजेसम्म ५८१ वटा दुर्घटना भएका थिए । आठ वटा दुर्घटनाको समय खुल्न सकेको छैन् ।

दुर्घटना बढी हुने समयमा ट्राफिक चेकिङको संख्या थप गरिने गरिएको छ । “दुर्घटनाबाट हुने क्षति गम्भीर छ । यसको न्यूनीकरणको लागि ट्राफिक प्रहरीले बढी दुर्घटना हुने स्थानमा चेकिङ बढाउने र सचेतनामूलक चिह्नहरू राख्ने लगायतका कामहरू निरन्तर रूपमा गरिरहेको छ,” काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले भने ।

देशभर सवारी दुर्घटनाबाट विभिन्न समयमा ठूलो धनजनको क्षति हुने गरेको छ । तीव्र गति, ओभरटेक लगायतका कारण हुने  त्यस्ता दुर्घटनाबाट हुने धनजनको क्षति न्यूनीकरण गर्न, सुरक्षित र सहजीकरण गर्न नेपाल प्रहरी खटिने गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  ०६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro