देश
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपाल प्रहरीका डीआईजी अर्जुन चन्द ठकुरीले पदबाट राजीनामा दिएका छन् । शुक्रबार (हिजो) उनले प्रहरी प्रधान कार्यालयमा राजीनामापत्र बुझाएका हुन् ।
व्यक्तिगत कारणले आफूले राजीनामा दिएको उनले बताए । “हिजो व्यक्तिगत कारणले राजीनामा दिएको हुँ,” उनले बाह्रखरीसित भने ।
यही माघ १२ गते विमानस्थलमा प्रहरी र त्यहाँको अध्यागमन कार्यालयका कर्मचारीबीच हातपात भएको थियो । उक्त घटना भएका दिन डीआईजी ठकुरीमा बिदामा थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा प्रहरी डीआईजीको नेतृत्वमा रहने गर्छ ।
प्रकाशित मिति: शनिबार, माघ २०, २०८० १५:२४
प्रतिक्रिया दिनुहोस्