site stats
बाह्रखरी :: Baahrakhari
देश
सर्लाहीमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१७ कटानीमा आज बिहान मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । ज्यान गुमाउनेमा मलंगवा नगरपालिका–४ निवासी ३५ वर्षीय घनश्याम राय छन् ।

कटानीबाट कडरिया टोलतर्फ जाँदै गर्दा ना ४६ प २८२० नम्बरको मोटरसाइकल आज बिहान पुलबाट खसेर दुर्घटना भएको सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिए ।

उनका अनुसार, घनश्यामको टाउको, निधार र दुवै आँखामा गहिरो चोट लागे थियो । उनलाई बरहथवामा प्राथमिक उपचारपछि बारास्थित एलएस न्युरो अस्पताल लगिएको थियो । त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको हो । रासस

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १२:३२
प्रतिक्रिया दिनुहोस्