राजनीति
-1748326376.jpg)
काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि बस्ने गरी स्थगन भएको छ । आज बस्दै नबसी बैठक स्थगन गरिएको हो ।
अब अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने सभामुखको सचिवालयले जनाएको छ ।
आज बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । तर, सदन सञ्चालनका विषयमा दलहरूबीच सहमति नजुटेकाले बैठकको समय दिउँसो १ बजेका लागि सारिएको थियो ।
तर, पनि ठोस सहमति हुन नसकेपछि बैठक नै स्थगन गरिएको हो ।
विपक्षी दलले भिजिट भिसा प्रकरणलाई लिएर सदन अवरुद्ध गर्दै आएका छन् । उनीहरूले जेठ १५ गते बजेट भने प्रस्तुत गर्न दिएका थिए ।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२ १४:४८
प्रतिक्रिया दिनुहोस्