site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विमानस्थलमा कुटपिट प्रकरण : असई तामाङलाई निलम्बन, डीएसपीलाई सचेत सिफारिस

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको कुटपिट प्रकरणमा नेपाल प्रहरीका असई सञ्जय तामाङलाई निलम्बनको सिफारिस गरिएको छ । प्रहरी र विमानस्थलको अध्यागमन कार्यालयका कर्मचारीबीच भएको हातपात घटनाबारे छानबिन गर्न गठित समितिले सो सिफारिस गरेको हो ।

घटनामा संलग्न दुई प्रहरी जवानलाई विभागीय कारबाही गर्न पनि समितिले सिफारिस गरेको छ ।

Dabur Nepal
NIC Asia

यस्तै, विमानस्थलमा खटिएका प्रहरीको तत्कालीन समयमा ‘कमान्ड’ गरेका डीएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन समितिको सिफारिस छ । उनले आफू मातहतका प्रहरी कर्मचारीलाई कुशलतापूर्वक कमान्ड गर्न नसकेको समितिको निष्कर्ष छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीको नेतृत्वमा हाल डीआईजी अर्जुन चन्द ठकुरी छन् । घटना भएको दिन उनी बिदामा थिए । उनीपछिका एसएसपी र एसपी ‘मिटिङ’लगायत कामका सिलसिलामा कार्यालयभन्दा बाहिर थिए । त्यसैले डीएसपी पोखरेलले कमान्ड गरेका थिए ।

प्रहरीबाट कुटाइ खाएका अध्यागमन अधिकृत छायालाल मोक्तानलाई समेत समितिले विमानस्थलबाट हटाउन सिफारिस गरेको छ ।

सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिले बुधबार (हिजो) गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको हो । गएको शुक्रबार गृहले गठन गरेको समितिमा डीआईजी राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro