site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौंमा १७ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा नुवाकोट घर भई तारकेश्वर नगरपालिका बस्ने ६० वर्षीय मधुप्रसाद सिटौला समेत छन् ।

Argakhachi Cement Island Ad

काठमाडौं महानगरपालिका–२६, रानीबारी बस्ने कृष्ण सिलवालको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो । 

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार ७१० रूपैयाँ र आठ बुक ताससहित पक्राउ गरेको जनाइएको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १९:२७
प्रतिक्रिया दिनुहोस्