site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कलाश्री सम्मान तथा पुरस्कार समर्पण
Sarbottam CementSarbottam Cement

काठमाडौं । साहित्यिक वृत्तमा विगत डेढ दशकबढी समयदेखि सक्रिय संस्था नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले विभिन्न सर्जकहरूलाई सम्मानित एवम् पुरस्कृत गरेको छ ।

बिहीबार पर्यटन बोर्डमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रसिद्ध कलाकार किरण मानन्धरले आख्यानकार भागीरथी श्रेष्ठलाई नगदराशि एक लाख सहित ‘राष्ट्रिय कलाश्री पुरस्कार २०८०’ प्रदान गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

सोहीअवसरमा मानन्धरले नगदराशि ७५ हजारसहित ‘स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार २०८०’ कवि कृसु क्षेत्रीलाई, नगदराशि ६० हजारसहित ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार २०८०’ कलाकार सम्झना राजभण्डारीलाई, नगदराशि ५० हजारसहित ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार २०८०’ साहित्यिक पत्रकार अश्विनी कोइरालालाई र ५० हजार नगदराशि सहित ‘पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार २०८०’ संगीतकार सन्तोष श्रेष्ठलाई प्रदान गरे ।

‘राष्ट्रिय कलाश्री सम्मान २०८०’ बाट सम्मानित व्यक्तित्व साहित्यकार तथा चलचित्रकर्मी यादव खरेल अस्वस्थताका कारण अनुपस्थित रहेकाले उनलाई केही समयपछि घरमै गएर उक्त सम्मान समर्पण गरिने जानकारी कार्यक्रममा गराइयो ।

Global Ime bank

सोही अवसरमा ‘नेपाल सम्मान’ जलविद्युतका क्षेत्रमा क्रियाशील व्यक्तित्व मोहनविक्रम कार्कीलाई समर्पण गरियो । कार्की पनि अनुपस्थित रहेकाले उनको सम्मान उनका निकटस्थ व्यक्तिलाई समर्पण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कलाकार मानन्धरले साहित्य र कला एउटै रुखको हाँगाबिँगा भएको उल्लेख गर्दै राम्रो कविता सुन्दा आफूलाई त्यसको भाव क्यानभासमा कोर्न मनलाग्ने बताए ।

प्रतिष्ठानका संरक्षक डा. विमल कोइरालाले प्रतिष्ठानले १६ वर्षको समय पार गरिसकेको उल्लेख गर्दै साहित्य अनुत्पादक क्षेत्र नभएकोमा जोड दिए ।

सो अवसरमा पुरस्कृत व्यक्तित्वहरू भागीरथी श्रेष्ठ, कृसु क्षेत्री, प्रतिष्ठानकी अध्यक्ष साहित्यकार मोमिला, महेश पौड्याल र राजेश्वर कार्कीले बोलेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  २३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय